गृहपृष्ठ » मुख्य समाचार, समचारअरिङ्गालको टोकाईबाट बागलुङमा एक बालकको मृत्यु !

अरिङ्गालको टोकाईबाट बागलुङमा एक बालकको मृत्यु !

September 28, 2015१३६ पटक

arin
उज्यालो लालटिन,बागलुङ असौज ११-बागलुङ जिल्लाको रायडाँडामा अरिङ्गालको टोकाईबाट एक बालकको ज्यान गएको छ ।
गाउँकै मौरीभिरमा अरिङ्गालको गोला पोल्न गएका बेला दर्जनौ अरिङ्गालले चिलेर रायडाँडा गाविस–१ रामतोलाका भिमबहादुर नेपालीका १० वर्षिय छोरा
सुनिल नेपालीको ज्यान गएको हो । शनिवार दिउँसो गोला पोल्ने क्रममा अरिङ्गालले टोकेर अत्तालिदै भिरबाट खस्दा गम्भीर घाईते भएका नेपालीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा लैजादै गर्दा बाटोमै ज्यान गएको स्थानिय बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । अरिङ्गालको टोकाइबाट नेपालीको ज्यान नै गएपछि गाउँ
शोकमा डुवेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण