गृहपृष्ठ » मुख्य समाचार, समचारराष्ट्र बलियो बनाउन युवाका लागी खेल चाहिन्छ : नेता बिष्ट

राष्ट्र बलियो बनाउन युवाका लागी खेल चाहिन्छ : नेता बिष्ट

September 28, 2015१४७ पटक

bista
गुल्मी असौज ११- गुल्मीको इस्मा रजस्थल ३ दरिनढुङ्गाको खेल मैदानको आईतबार एक कार्यक्रमकाबीच नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद गोकर्ण बिष्टले उद्घाटन गर्नुभएको छ ।
खेल मैदानको उद्घाटन गर्दै सचिव बिष्टले खेल र युवाहरुलाई संगसंगै जोडेर अगाडी बढ्नुपर्ने बताउनुभयो । राष्ट्र बलियो बनाउन युवा र युवा बलियो र स्वस्थ बनाउन खेल क्षेत्रको विकास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सोहि कुरालाई मध्येनगर गर्दै क्षेत्र नं ३ का विभिन्न स्थानमा यस बर्ष खेल मैदानको योजना पारेको बताउँदै नेता बिष्टले यसको सदुपयोग र संरक्षण युवाहरु आफैले गर्नुपर्ने बताउनुभयो। संविधान निर्माण पछि गृहजिल्ला फर्कनुभएका विष्टले सोहि अवसरमा बोल्दै नेपाल बिद्युत प्राधिकरणका प्राविधीक जिवकान्त पाण्डेयको निधनले आफु अन्ततै दुखि प्रभावित भएको बतानुभयो ।
कार्यक्रममा पुर्व जिविस सभापति कोशल पोख्रेल, जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण बिष्ट, सदस्य नारायण पैयानी, सल्लाहाकार कलानिधी भण्डारी, गाविस प्रतिनीधि राधा खनाल, काङग्रेसका राम प्रसाद पन्त, एमालेका जयलाल अर्याल, एमाओवादीका ज्ञान बहादुर बिष्ट, स्थानीय शान्ति समितिका संयोजक लिलाधर अधिकारीलगायतको सहभागीता रहेको थियो । कार्यक्रम खेल मैदान निर्माण समितिका अध्यक्ष रामु गिरीको अध्यक्षता पुर्ण बिष्टको स्वागत तथा इश्वरी अर्यालको संचालनमा सम्पन्नभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण