गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचारनेता भट्टराई को राजीनामा बाट कार्यकर्ता मर्माहित ,नेपाली जन प्रगतिशिल श्रमिक मञ्च मलेसिया ले गरायो पार्टी केन्द्र लाई ध्यानाकर्षण ।

नेता भट्टराई को राजीनामा बाट कार्यकर्ता मर्माहित ,नेपाली जन प्रगतिशिल श्रमिक मञ्च मलेसिया ले गरायो पार्टी केन्द्र लाई ध्यानाकर्षण ।

September 28, 2015४१० पटक

सुसान आचार्य मलेसिया असोज ११
गत असोज ९गते पुर्ब प्रधानमन्त्री तथा ए ने क पा माओवादी का बरिस्ठ उपाध्यक्ष डा बाबुराम भट्टराई ले दियको राजीनामा बाट प्रबासमा कार्यरत हजारौं पार्टी कार्यकर्ता तथा संगठन मा आबद्ध भएका12076558_533358590161533_788905372_o प्रतिनिधि हरु मर्माहित भयका छन ।
देशमा संविधान जारी भैसकेको अबस्थामा नब निर्माण र बिकासको गतिमा देश लाई अगाडी लान छोडेर बिचलित हुँदै नेता भट्टराई ले लियको कदम प्रति ए ने क पा माओवादी सम्बद्ध जन बर्गिय संगठन नेपाली जन प्रगतिशील श्रमिक मञ्च मलेसिया ले पार्टी केन्द्र लाई एक बिज्ञप्त्ति सहित गम्भीर ध्यानाकर्षण गरायको छ ।
मञ्च को आफ्नै कार्यलय क्व्ललाम्पुर मा हिजो बसेको आकस्मिक बैठकमा बोल्दै मञ्च का अध्यक्ष प्रेम पान्डेले पार्टी भित्र देखियको आन्तरिक मत भेद लाई आपसी समझदारी का रूपमा मिलाउन नसक्दा यस्तो अवस्था सिर्जना भएको बताउनु भयो ।कार्यक्रम मा सहभागी सम्पुर्ण प्रतिनिधि हरुले पार्टी का लागि नेता भट्टराई को राजीनामा एउटा ठुलो छेती भएको र यस्ले सिङ्गो पार्टी पङ्ती र आम कार्यकर्ता माझ नैरसेता बढायको भनी तत्काल असन्तुष्ट सबै सङ छलफल गरि समझदारी को बाटो अपनाउन पार्टी केन्द्र लाई गम्भीर ध्यानाकर्षण गरायका छन् ।
त्येस्तै कार्यक्रम मा बोल्दै ए ने क पा माओवादी प्रबास जिल्ला कमिटी मलेसिया का अध्यक्ष रमेश प्रसाद तिवारी ले यो अबस्थामा कोहि कतै बिचलित नभै नियमित कामकार्बाही मा लाग्न र नेता भट्टराई लाई आफ्नो कदम प्रति पुनर्बिचार गर्न समेत अपिल गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण