गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचारहरुमंगल ग्रहमा पानी भएको तथ्य पत्ता लगाउनेमा नेपाली वैज्ञानिक

मंगल ग्रहमा पानी भएको तथ्य पत्ता लगाउनेमा नेपाली वैज्ञानिक

September 29, 2015३१६ पटक

काठमाडौं, असोज १२ –

मंगलग्रहमा बग्दै गरेको पानी रहेको पत्ता लगाउने वैज्ञानिकको टोलीमा नोपली वैज्ञानिकले महत्वपूर्ण भूमिका खेलेका छन् । अमेरिकामा रहेका नेपाली वैज्ञानिक लुजेन्द्र ओझासहितको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासामा आवद्ध वैज्ञानिकको टोलीले मंगलग्रहको सतहमा बगेको पानी रहेको नयाँ तथ्य सार्वजनिक गरेको छ । नेपाली युवा वैज्ञानिक ओझासहितको आठ जना वैज्ञानिकको समुहले नासाको अन्तरिक्ष यानले पठाएका पछिल्ला तस्बिरका तथ्यको विश्लेषण गरी मंगलग्रहमा बगेको अवस्थामा पानी रहेको पत्ता लगाएको हो । टोलीमा ओझासँग वैज्ञानिकहरु म्यारी वेथ विलहेल्म, स्कट एल मुर्चेइ, अलफ्रेड एस एमसिइवेन, जेम्स जे वरे, जेनिफर ह्यानले, मारिवन मासे र म्याट चोज्यानकीको टोलीले नयाँ तथ्य सार्वजनिक गरेको हो ।

आफूलाई लुजु ओझाका रुपमा चिनाउने नेपाली वैज्ञानिक ओझाले अहिले अमेरिकाको जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट अन्तरिक्ष विज्ञानमा विद्यावारिधी गरिरहेका छन् । ओझासहतिको वैज्ञानिकको टोलीले मंगलग्रहमा बगेको अवस्थामा पानी भेटिनुले त्यो ग्रह अहिले पनि भौगोलिक रुपमा सक्रिय रहेको पुष्टी हुने र यसले त्यहाँ मानव बस्तीको सम्भावनाका बारेमा अनुसन्धान गर्न सकिने बताएका छन् ।

नासाले सोमबार राति पत्रकार सम्मेलन गरेर मंगलग्रहमा बगेको अवस्थामा पानी रहेको पुष्टी भएको जनाएको छ । पत्रकार सम्मेलनमा वैज्ञानिकले अन्तरिक्षबाट प्राप्त तस्बिरमा चार ठाउँमा पानी बगेको देखिएको धर्सा देखिएको जनाएका छन् । यसले त्यहाँ भर्खरै पानी बगेको हुन सक्ने वैज्ञानिक ओझाले बताएका छन् ।

पहिले जमेको अवस्थमा नुनिलो पानी भेटिएको ठाउँमा अहिले पानी बगेको धर्सा देखिएकाले त्यहाँ बगेको अवस्थामा पानी रहेको पुष्टी हुने वैज्ञानिक ओझाले बताएका छन् । चिसो समयमा जमेको पानी गर्मी लाग्दै गएपछि तलर बनेर बगेको वैज्ञानिकको दाबी छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण