गृहपृष्ठ » मुख्य समाचार, समचारथरुहट बन्दकर्ताका कारण ४० वटा गाडी भुरीगाउँमा अलपत्र

थरुहट बन्दकर्ताका कारण ४० वटा गाडी भुरीगाउँमा अलपत्र

September 29, 2015१४९ पटक

बर्दिया, असोज १२ – पूर्वबाट पश्चिमका लागि छुटेका ४० वटा भन्दा बढी गाडी पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरीगाउँमा बन्दकर्ताले रोकेका छन् । पूर्वबाट छुटेका ४० भन्दा बढी रात्री बस, दिवा बस, ट्रक थरुहट थारुवान संर्घष समितिका आन्दोलनकारीले भुरीगाउँ बजारमा रोकेको प्रहरीले जनाएको छ । प्रहरीले स्कटिङ गरेर लैजाने प्रयास गरेपनि सकिरहेको छैन । बाँके र बाँसगढीबाट आन्दोलनकारीले गाडी अघि बढ्न दिएको भएपनि आफूहरुले भुरीगाउँबाट अघि बढ्न नदिने आन्दोलनकारीका अगुवा पहारी थारुले भन्नुभयो । थरुहट, थारुवान संर्घष समितिले गत सोमबारदेखि राजमार्ग केन्द्रित भएर यातायात बन्द गर्ने जनाएका थिए । सोमबार बिहान सवारी साधन सञ्चालनमा आएपनि दिउँसोदेखि चल्न सकेनन् र बेलुका मात्र केही गाडी चलेका थिए ।

मंगलबार बिहान ११ बजेदेखि आन्दोलनकारीहरु राजमार्गमा उत्रिएपछि सवारी साधन रोकिएका हुन् । बर्दियामा बजार, कलकारखाना, शिक्षण संस्था भने खुलेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण