गृहपृष्ठ » मुख्य समाचार, राजनीतिजनकपुरमा ‘गो ब्याक बाबुराम’

जनकपुरमा ‘गो ब्याक बाबुराम’

September 29, 2015१५८ पटक

जनकुपर, असोज १२– एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मधेस आन्दोलनलाई समर्थन गर्न जनकपुर पुग्नुभएको छ ।

जनकपुर पुगे लगत्तैे सञ्चारकर्मीसँग भट्टराईले लामो आन्दोलनले पनि मधेसीको माग पूरा नभएकाले समर्थन गर्न आएको बताउनुभयो । संविधान जारी हुँदा खुशी नमनाएका भट्टराई मधेसीको जायज माग सम्बोधन गर्नुपर्ने अडानमा हुनुहुन्छ ।

भट्टराई जनकपुर पुग्दा उहाँको समर्थन र विरोधमा नाराबाजी भएको छ । आन्दोलनरत मधेसी मोर्चाका केहि कार्यकर्ता र भट्टराईकै समर्थकले उहाँ जनकपुर आएकोमा स्वागत गरेका छन् ।

मधेसी संयुक्त संघर्ष समिति र मधेस अधिकार संघर्ष समितिले भने मधेश आन्दोलनमा बाबुराम भट्टराईको आवश्यकता नरहेको भन्दै फिर्ता हुन दवाव दिएका छन् । उनीहरुले ‘गो ब्याक बाबुराम’ अर्थात बाबुराम फिर्ता जाउ भन्ने नारा पनि लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण