गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसभासद चन्द्र भण्डारीद्धारा भारतलाई ठाडो चुनौती, नाकाबन्दी गर्र्दैमा नेपाल नझुक्ने भनाई ।।

सभासद चन्द्र भण्डारीद्धारा भारतलाई ठाडो चुनौती, नाकाबन्दी गर्र्दैमा नेपाल नझुक्ने भनाई ।।

September 29, 2015१२५ पटक

गुल्मी, १२ असोज ।।
dn (3)

नेपालीकांग्रेसका केन्द्रिय सदस्यतथा गुल्मी क्षेत्र नम्बर २ का सभासद चन्द्र भण्डारीले भारतलाई विभिन्न सवालमा ठाडो चुनौती दिएका छन् । नेपालीकांग्रेस  गुल्मी क्षेत्र नम्वर २ ले सदरमुकाम तम्घासमा आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै नेता भण्डारीले  भारतलाई नेपालीहरु नाकावन्दी गरेर झुक्छन की भनेर नसोच्न चुनौती दिए ।

भारतले नेपालहिन्दु राष्ट्र हुनु पर्छ भन्ने चाहेको होईन उसले हाम्रा तराईवासीलाई भड्काउनमात्रै खोजेको हो भन्ने उनको तर्क थियो । नेता भण्डारीले आगामी सय वर्ष सम्म हाम्रो जस्तै संविधानभारतले बनाएर देखाउन पनि चुनौतीदिए ।

यो संविधानकांग्रेस एमाले र एकिकृत नेकपामाओवादीमिलेर बनेको संविधानहो । यसर्थ यि तिन वटा दलहरु मिल्ने हो भने भारतले जतिनाकावन्दी गरे पनि फरक नपर्ने उनको धारणा थियो । सुशिलकोईराला, केपीओली र प्रचण्डहरु जसरी मिलेर संविधानजारी गर्न सफलभए त्यसरी नै आगामीदिनमामिलेर जानु पर्ने उनको सुझावथियो ।

उनले हालै एमाओवादी परित्याग गरेका डाक्टर वावुराम भट्टराईको राजनैतिचरित्र माथी समेत प्रश्नचिन्ह खडा गरे  ।

उनले ईटालीमा जन्मेको भन्दै  सोनिया गान्धीलाई प्रधानमन्त्री भारतले बनाउन चाहदैन भने आफुहरुले पनि नेपाल आएको १५ वर्ष नपुगेका राजेन्द्र महोतोलाई मन्त्री हुन नदिने चेतावनी दिए ।  उनले राजेन्द्र महोत्व, महन्त ठाकुर लगायतकामधेशवादी केहि नेताहरुलाई नेपालमा लुट्न सम्म लुट्ने र नेपालवाहिर घर बनाएर बस्ने भ्रष्ट व्याक्तिको आरोप लगाए । यो एक्काईसौं सताव्दीमा नाकावन्दी गर्ने भारत मानवता विरोधी भएको आरोप लगाउदै नेता भण्डारीले मधेसलाई उक्साएर १४÷ १५ जनामात्रै नेपाली मरे भने भारत पनि सुरक्षित नहुने चुेतावानी दिए ।

नेपालको संविधान २०७२ र वर्तमानअवस्थामा नेपालीकांग्रेसको भुमिका विषायक अन्तरकृया कार्यक्रममा कांग्रेसका स्थानि नेताएवं कार्यकर्ताले संविधानको स्वागतगर्दै सवै सभासदहरुलाई धन्यवाद ज्ञापन गरेकाथिए । कार्यक्रममा महाधिवेशन प्रतिनिधी श्रीप्रसाद भलामी , तरुण दलका जिल्ला अध्यक्ष खिलद्धवज पन्थी, सो पार्टी क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति अशोक कुमार थापा, जिल्ला सदस्य मिना पन्थ लगायतका नेता नेतृहरु   र मन्तव्य राखेकाथिए ।

कार्यक्रममा साविको अर्खले गाविसका पार्टी सभापति रहेका बृद्ध शशीधर पाण्डेको योगदानको कदर स्वरुप नेता भण्डारीले दोसाल्लाओढाएर सम्मान गरेकाथिए । त्यस्तै सोही समारोहमा नेता भण्डारीले जिल्लाका अति सिमानतकृत  वोटे माझी, कुमाल समुदाय , दलित र अन्यविपन्नवर्गका परिवारका सन्ततीहरुलाई पढाई खर्च र कापीकलहरु समेत प्रदान गरेकाथिए ।

नेपालीकांग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विष्णु वलालको स्वागतमन्तव्य र अर्का सचिव छन्द पहराईको सञ्चालन रहेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण