गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारदशगजाबाट स्थानीयबासीले लेखेटेपछि हृदेश त्रिपाठीले भारत पसेर के भने ? (फोटो फिचरसहित)

दशगजाबाट स्थानीयबासीले लेखेटेपछि हृदेश त्रिपाठीले भारत पसेर के भने ? (फोटो फिचरसहित)

September 29, 2015२९६ पटक

– नरेश केसी
भैरहवा, १२ असोज । दिनभरी दशगजामा उभिएर नेपाललाई सत्तेसराप लगाउने अनि सांझ पुनः खान बस्न नेपालमै आउने संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्ताले मंगलबार भारतीय भूमीबाट नेपालतर्फ ढुंगामुढा गरेका छन् ।

मंगलबार विहान करिब ११ बजे भारतीय बजार सुनौली नाकाबाट नेपालतर्फ एक्कासी ढुंगामुढा गरेका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताको कारण दिनभर बेलहियामा तनाब भयो ।hridayesh-tripathi

बेलहिया नाकाको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठी भैरहवा आईपुगेसंगै मोर्चाका कार्यकर्ताले दसगजामा अराजकता प्रदर्शन गर्दै आएको बेलहिया प्रहरीले जनाएको छ ।

संयुक्त मधेसी मोर्चाको केन्द्रिय संयुक्त बैठकले मुलुकको दोस्रो ठूलो भन्सार नाका भैरहवा बेलहिया नाकामा नाकाबन्दी गर्ने तथा आन्दोलनको कमाण्ड सम्हाल्ने जिम्मेवारी तमलोपा पार्टिलाई दिएको थियो । पार्टिका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर नआएपछि उनकै निर्देशनमा पार्टिका सहअध्यक्ष हृदेश त्रिपाठी र महामन्त्री सवेन्द्रनाथ शुक्ला दशगजा केन्द्रित आन्दोलनलाई उद्घाटन गर्न ६ दिन पहिले भैरहवा आएका थिए ।

स्थानीयबासिन्दाको प्रतिकार पछि सोमबारदेखी भैरहवा नाका खुलेपछि पुनः सो नाका बन्द गराउने ध्ययेले नेता त्रिपाठी काठमाण्डौंबाट भैरहवा आएका हुन् । त्रिपाठी स्थानीय होटल पवनमा बसेका थिए । उनी विहानै पवनबाट ३ वटा मोटरसाइकलमा भारततर्फ हानिएका थिए । मुख्य नाका बेलहियाबाट नगई स्थानीय नाका फरेना बजार हुदैं नौतनवा सुनौली पुगेका त्रिपाठीको निर्देशनपछि भारतमै बसेका मोर्चाका कार्यकर्ता झन उग्र भएका थिए ।

नेता त्रिपाठीले सुनौलीको होटल निरन्जनामा मोर्चाका सीनियर लिडर र सुनौलीकै रामजानकी मन्दिरमा अन्य कार्यकर्तालाई नाकाबन्दीलाई भारतमै बसेर कडा बनाउन निर्देशन दिएको मोर्चाका एक नेताले बताए । भारतीय भूमीबाट नेपालतर्फ फर्केर चर्का नाराबाजी गरेका मोर्चाको जुलुसमा त्रिपाठी पनि सहभागी रहेका थिए । मोर्चाका नेता कार्यकर्ताले भारतीय भूमीबाट नेपालतर्फ ढूंगा मुढा गर्दै नेपाल विरुद्ध नाराबाजी गरेपछि स्थानीय बेलहियाका जनताहरु घरघरबाट निस्केर भारत र मोर्चा विरुद्ध नाराबाजी र प्रदर्शन गरेका थिए ।

Bhairahawa-naka (1)नेपाल तर्फबाट मोर्चा र भारत विरुद्ध स्थानियको प्रदर्शन र भारत तर्फबाट संयुक्त मधेसी मोर्चाको प्रदर्शनबाट सम्भावित झडपलाई रोक्न सीमामा सुरक्षा तैनाथी बाक्लो बनाइएको थियो ।

नेपाल प्रहरीका डिएसपी तथा रुपन्देही प्रहरी प्रवक्ता रामेश्वर कार्की, शसस्त्र प्रहरीका डिएसपी तथा राजस्व एवं भन्सार गूल्म बेलहियाका प्रमुख शंकर खनाल, बेलहिया इप्रका प्रमुख प्रहरी निरीक्षक रबिनबाबु रेग्मी, शसस्त्रका प्रहरी निरीक्षक तुल्सीराम पाण्डेले बेलहियामा नेपालको सुरक्षा कमाण्ड सम्हालिरहेका छन् ।

प्रहरीका अनुसार भारतीय सुरक्षाकर्मीले समेत नेपालतर्फ ढुंगा मुढा गरेका थिए । नेपाल प्रहरीका अधिकारीले दिएको जानकारी अनुसार स्थानीयले प्रतिवाद नगरेको भए भारतीय सुरक्षाकर्मीको सहयोगमा मोर्चाले नेपालतर्फ तोडफोड र अराजकता मच्चाउने योजना बनाएको थियो तर स्थानीयहरु सयौंको संख्यामा निस्केपछि त्यो योजना विफल भएको छ ।

सोमबार पनि स्थानीयले मोर्चालाई लखटेका थिए । यसअघि भदौं ३ गते भैरहवामा स्थानियले मोर्चाको कडा प्रतिवाद गर्दै हजारौंको सहभागितमा र्याली निस्केपछि भैरहवामा मोर्चाले अहिले सम्म कुनै कार्यक्रम गर्न सकेको छैन ।

Bhairahawa-naka (3)मोर्चाका जिल्ला संयोजक महेन्द्र यादव, सद्भावना पार्टिका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी, संघिय मधेसी मोर्चाका जिल्ला अध्यक्ष देवेन्द्र पाण्डे, सन्तोष पाण्डे, अजय बर्मा, हरिश्चन्द्र सिंह लगायतका नेताहरु अहिले पनि भारतीय बजारमै छन् ।

केन्द्रिय नेता हृदेशको त्रिपाठीको निर्देशन अनुसार स्थानिय नेताहरुले मोर्चा सम्बद्ध कार्यकर्तालाई भारतीय बजारमा प्रशिक्षण पनि दिएका थिए । सीमावर्ति सुनौलीको बगैचांमा उनीहरुले प्रशिक्षण दिएको बुझिएको छ ।

मोर्चाले पहाडिया र मधेसीको फीलिंग आउने गरी साम्प्रादायिकता समेत मच्चाउन खोजेको स्रोतले जनाएको छ । यसैबीच मोर्चा सम्बद्ध कार्यकर्ताले सुनौली रामजानकी मन्दिर नजिकै नेपाली नम्बर प्लेटको तेल टयांकरमा तोडफोड गरेका छन् । नेपाल तर्फ आउने क्रममा लाईनमा बसेकोे लु १ ख ८२६९ टयांकरलाई क्षतविक्षत गरी तोडफोड गरेका छन् ।

मोर्चाका नेता कार्यकर्ताले चालकहरुमा त्रास सृजना गरीरहेको बुझिएको छ । नेपाल जान खोजे ज्यान समेत लिने धम्की दिएको एक चालकले जनाए । दिनभर तनाबग्रस्त रहेको बेलहिया दशगजाको अवस्था सांझ पख भने शान्त रहेका बेलहिया इप्रका प्रमुख रविनबाबु रेग्मीले जनाएका छन् । बन्दकर्ताहरु अहिले पनि भारतीय बजारमा रहेर योजना बनाइरहेको बुझिएको छ ।

सोमबार खुलेको बेलहिया सुनौली नाका मंगलबार दिनभर ठप्प रह्यो । बेलहियाका आइमाई केटाकेटी, बृद्धा सबै मोर्चाका नेता कार्यकर्ताको कारण समस्या सृजना भएको भन्दै उनीहरु विरुद्ध दिनभरी नाराबाजी गरिरहेका देखिन्थे ।

Bhairahawa-naka (4)  Bhairahawa-naka (2)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण