गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीतिभारतले हेपेको बेला चिनियाँ राष्ट्रपतिको सहानुभूति

भारतले हेपेको बेला चिनियाँ राष्ट्रपतिको सहानुभूति

September 29, 2015२६६ पटक

भारतले हेपेको बेला चिनियाँ राष्ट्रपतिको सहानुभूति
काठमाडौं-भारतले आफू अनुकूल संविधान नबनेको प्रतिशोधस्वरुप नेपालमाथि नाकाबन्दी लगाइरहँदा चिनियाँ राष्ट्रपति सी जिङपिङले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै साना राष्ट्रहरुको स्वाधीनतामाथि प्रहार गर्नु नहुने उल्लेख गरेका छन्।

नेपालको नाम उच्चारण नगरी उनले अन्तरार्ष्ट्रिय मञ्चबाट नेपालमाथि भारतीय नाकाबन्दीको घुमाउरो विरोध गरे। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनका राष्ट्रपतिले छिमेकी सम्बन्धहरु बराबरीमा आधारित हुनुपर्ने उल्लेख गरे। ठूला र बलिया देशहरुले साना र कमजोर देशहरुलाई तर्साउनु नहुने उनको भनाइ थियो। ‘स्वाधीनताको सिद्धान्तप्रेरित राष्ट्रसंघको च्याप्टरअनुसार सबै देशहरु बराबर छन्’, चिनियाँ राष्ट्रपति सीले भने, ‘ठूला, धनी र बलिया राष्ट्रले साना, गरिब र कमजोर मुलुकलाई पेल्नु हुँदैन।’

दक्षीणी छीमेकी देश भारतको अमर्यादित दबाब खेपिरहेको समयमा उत्तरी छिमेकी देशका सरकार प्रमुखले साना मुलुकहरुलाई बराबरी व्यवहार गर्नुपर्ने उल्लेख गरेर नेपालप्रति सहानुभूती दर्शाएका छन्। ‘ठूला देशहरुले साना मुलुकहरुलाई बराबरी हिसाबले व्यवहार गर्नुपर्छ’, उनले जोड दिएर भनेका छन्, ‘सही धारणा राखेर न्यायका लागि सहयोग गर्नुपर्छ न कि न्याय भन्दा अगाडि आफ्नो स्वार्थका लागि।’

सबै मुलुक पवित्र रहेको भन्दै उनले साना देशहरुको आन्तरिक मामिलामाथि ठूला र बलिया देशले हस्तक्षेप गर्नु नहुने बताए। ठूला र बलिया देशहरुले द्वन्द् नबढाउने, विवादरहित, आपसी सम्मान र दुवै पक्ष विजयी हुने सिद्धान्त अपनाउनुपर्ने उनको धारणा थियो। ‘स्वाधीनताको सिद्धान्त भौगोलिक अखण्डता मात्र होइन। सबै मुलुक पवित्र छन् र उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने विषय होइन। स्वाधीनताको मतलब सबै देशलाई स्वतन्त्र रुपमा आफ्नो देशको समाज व्यवस्था र विकासको मार्ग छान्न दिइनुपर्छ’, राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै सीले भनेका छन्।

चिनियाँ राष्ट्रपति सीले दुइ पक्षीय सम्बन्ध बराबरीमा आधारित हुनुपर्ने, बराबरीको हैसियत दिइनुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण