भारतसँग झुकेर होइन कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्छ (जनताको विचार)
काठमाण्डु, १२ असोज– भारतले दुई सातोदखि अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दीको असर मुलुकभर परेको छ । भारतले सीमा नाकामा कडाइ गरेसँगै नेपाल भित्रने मालबहाक ट्रक तथा पेट्रोलियम पदार्थ बोकेका सयौं सवारीसाधन भारतीय सीमामा अलपत्र परेका छन् ।
नेपालमा जारी भएको संविधानप्रति असहमति जनाउँदै भारतले नाकाबन्दी गरेर कुटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै भारत सरकारको चर्को विरोध हुँदै आएको छ । यसै क्रममा काठमाण्डुका सर्वसाधारणको प्रतिक्रिया ।
प्रा.डा. इन्दु आचार्य काठमाण्डु– नेपालको युद्ध गर्ने सामथ्य छैन भन्ने बुझेर नै भारतले नाकाबन्दी गरेको हो । भारतले हामीलाई झुकाएर दमन गर्न खोजेको छ, कुनै पनि हालतम नेपालले घुडा टेक्नु हुन्न । भारतले हामीलाई कम्जोर भनेर हेपेको हो, भारत आफैं झुकेर आउनु पर्छ । हामीले चिनतिरको नाका खोलेर पनि भारतको हेपाइको बिरोध गर्नुपर्छ । मधेशी जनताको सवालमा उनीहरुलाई अरु नै कसैले उचालिरहेका छन् जो भारतबाट आएका हुन् । अब प्रमुख दलका नेताहरु मधेसी जनतामा गएर त्यो भ्रम चिर्नु आवश्यक छ ।
हरिबहादुर क्षेत्री, काभ्रे–भारतको यो ज्यादतीमा नेपालले घुडा टेक्नु हुँदैन । हामीले बैकल्पिक र कुटनीतिक माध्यमबाट यो समस्या समाधान गर्नुपर्छ । हामीले बनाएको संविधान हाम्रो आफ्नै स्वतन्त्र संविधान हो । यसमा भारतलाई मनाउन जरुरी छैन ।
विद्या ढकाल, तनहुँ – भारत कुटनीतिक मामिलामा चुकेको छ । भारत मित्रराष्ट्र भएकाले हाम्रो हक छिन्न पाउँदैन । भारतले आफ्नो रवैया सच्याएर वार्ता गर्न आउनुपर्छ । केही समयका लागि भने चिनसँग पनि सहकार्य गरेर तत्कालको समस्या टार्न सक्छौं ।
राम औतार यादव, सिराहा– भारतको यो कदम नेपालको हितमा छैन । यो एउटा असल छिमेकीले गर्ने मित्रगत व्यवहार होइन ।
हाम्रो नयाँ सबिधानको धारा ४२ मा समानुपातिक भन्ने शब्द छुटेको छ त्यसलाई सच्याउनु पर्छ मधेसी जनताले राखेको माग तत्कालै समाधान गर्न सकिन्छ । त्यसकारण हामी भारतसँग झुकेर हैन आफ्नो हकको लागि कुटनीतिक वार्ता गरेर समस्याको हलखोज्नुपर्छ । नेपालका व्यापारी र भारतका व्यापारीले मिलेर नाका खोल्न पहल गर्नुपर्छ ।
तुलसा दाहाल, काठमाण्डु – नेपालप्रति भारतले गरेको व्यहार निन्दनिय छ । नेपालको सम्बन्ध अरु देशसँग पनि छ तर नजिकको असल छिमेकी हुँ भन्ने भारतले देखाएको यो व्यहार जति भत्र्सना गरेपनि पुग्दैन । भारतले नाका खोल्नुपर्छ, त्यसका लागि वार्ताको विकल्प छैन । अब नेपालले भारतको यो व्यहारबाट पाठ सिकेर उत्तरी छिमेकी देश चिनसँगका नाकाहरु पनि क्रमश खोल्दै जानुपर्छ ।
हेमा डाँगी, काठमाण्डु– यो नाकाबन्द अघोषित हो जसलाई राज्यले चाँडा.े समाधान गर्नु पर्छ । यो मधेसवादी दलहरुले गरेको आन्दोलका कारण पनि नाकाबन्दी भएको हो । वार्ताबाट समस्याको समधान गनृ सरकार र दलहरुले बिलम्ब गर्नु हुँदैन ।kathmandutoday.com