गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारअज्ञात समूहको आक्रमणबाट सांसद मोहनप्रसाद बराल घाइते

अज्ञात समूहको आक्रमणबाट सांसद मोहनप्रसाद बराल घाइते

September 30, 2015१६३ पटक

Mohan-Prasad-Baral,-Injured

१३ असोज, काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीका सभापति तथा सांसद मोहनप्रसाद बराल अज्ञात समूहको आक्रमणबाट

घाइते भएका छन् । उनको थाथाथलीस्थित नर्भिक अस्पतालमा आईसीयूमा राखेर उपचार भैरहेको छ ।

मंगलबार राति करिव ९ बजेतिर निवासतर्फ जाँदै गर्दा काठमाडौं र भक्तपुरको सीमाना मनोहरा पुल नजिक बराल माथि आक्रमण भएको थियो ।

सांसद बरालको टाउकोमा गम्भीर चोट लागेको छ । उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

बराल सिन्धुली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण