गृहपृष्ठ » मुख्य समाचार, समचारराजधानीका ‘हुण्डी’मा प्रहरीको छापा, अढाई करोड नियन्त्रणमा

राजधानीका ‘हुण्डी’मा प्रहरीको छापा, अढाई करोड नियन्त्रणमा

September 30, 2015१३५ पटक

१३ असोज, काठमाडौं । राजधानीका हुण्डीमा बुधबार प्रहरीले छापा मारेको छ । ठमेल, न्यूरोड र सुन्धारा क्षेत्रमा हुण्डीको कारोबार अराइरहेको अवस्थामा विभिन्न आठ मनिचेञ्जरमा छापा मारी ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख सर्वेन्द्र खनालले लाई जानकारी दिए ।

remitanceसुराकीका अाधारमा एक महिनाको अनुसन्धानपछि महाशाखाले ८ वटा टोली बनाएर एकैसाथ छापा मारेको हो ।

‘न्यूरोडस्थित आरबी कम्पेक्समा रहेको निलगीरी मनि ट्रान्सफर, सुन्धारस्थित देउराली मनि ट्रान्सफर, न्यूरोडस्थित न्यूरोड मनि एक्सप्रेसलगायतमा छापा मारी कारोबारमा संलग्न ७ जनासहित अढाई करोड रुपैयाँ नियन्त्रणमा लिइएको छ’ खनालले भने । थप बिबरण केही समयपछि आउने उनले बताए ।

छापा मारिएका आठमध्ये दर्ताबिनै २ कम्पनीले हुण्डीको कारोबार गर्दै आएको उनले जानकारी दिए । ‘६ वटाले भने राष्ट्र बैंकबाट मनिचेञ्जरको अनुमति लिएर हुण्डीको कारोबार गरिरहेको अवस्थामा फेला पार्‍यौं’ उनले भने ।

अभियुक्तहरुलाई मुद्रा अपचलन र राजस्व छली अन्तर्गत कारवाही अघि बढाउने खनालले बताए । ‘यस्तो प्रकारको मुद्राको अवैध कारोबारले विभिन्न प्रकारका आर्थिक अपराध सिर्जना गर्छ ।’ उनले भने ।

संभवत प्रहरीले राजधानीका हुण्डीमा छापा मारेको यो पहिलो पटक हो ।

नेपालमा कूल आर्थिक कारोबार मध्ये ३० प्रतिशत बढी कारोबार हुण्डीमार्फत हुँदै आएको विभिन्न अध्ययनहरुले देखाएका छन् । डा. चिरञ्जीबी नेपाल राष्ट्र बैंकको गभर्नरले हुण्डीका कारोबार नियन्त्रण गर्न आफू संवेदनशील भएर लाग्ने बताउँदै आएका छन् ।

विदेशी मुद्राको कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनिवार्य स्वीस्कृति लिनुपर्ने कानूनी व्यवस्था छ । सो व्यवस्थाअनुसार काम नगरे बैदेशिक मुद्रा अपचलन र राजस्व छली  अन्तर्गत कारवाही हुन्छ । साथै मुद्राको अवैध कारोबारमा सम्पत्ति सुद्दिकरण निवारण एेन पनि अाकर्षित हुन्छ ।www.onlinekhabar.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण