गृहपृष्ठ » देवदह विशेष, बिचार/ब्लग, विशेष, समचार, स्वास्थ्यपुर्व जनसेनाले पठाए प्रवाशबाट पार्टी केन्द्रलाइ असन्तुष्टि र समिक्षा सहितको खुल्ला पत्र !

पुर्व जनसेनाले पठाए प्रवाशबाट पार्टी केन्द्रलाइ असन्तुष्टि र समिक्षा सहितको खुल्ला पत्र !

August 6, 2015१३९३ पटक

raju plaश्रदय अध्यक्ष कामरेड तथा पार्टी केन्द्रका जिम्मेवार आदरणीय नेतागण -प्रती पुर्ब जन सेना को तर्फ बाट लाल अभिबादन, हजुरहरु आरामै हुनुहुन्छ । भन्य ठानेको छु। आज हजुरहरुको सम्झनामा एउटा पत्र, कोर्न मन लाग्यो । केही कुरा भन्न मन लाग्यो।सयौं देखि अधुरो रहेको जनचाहना अनुरुपको सम्बिधान निर्माण तमसुकको एउटा पानामा हामी पुर्व जनसेना, घाइते, अपाङ्ग, सहिद, बेपत्ता, र कठिन प्रक्रियाद्वारा अयोग्य बनाइएका,,,चार हजार जनसेना तथा निजका परिवारजनको पनि केही भावना केही चाहना केही सम्मान केही पहिचानको अक्षरका शब्दहरु कोरियोस भनी एउटा पत्र पार्टी केन्द्रको नाम मा कोर्ने जमर्को गरेको छु , । अध्यक्ष महोदय, थाहा छैन मलाइ , हजुर तथा पार्टी केन्द्रको नाम मा पत्र कोर्ने मैले मेरो हैसियत राख्छु वा राख्दिन ? किनकी हजुर पार्टी अध्यक्ष, प्रधानमन्त्री भैसकेको मान्छे, । सबै भन्दा ठूलो नेता,अन्य नेतागण पनि ठूलो कुर्सीमा पुगिसक्नु भको स्थिति, अलिसान महलको बसाई, चिल्ला साधनको उपयोग, मिठा-मिठा भोजन,बाक्ला-बाक्ला­ सिरक र डसनाको साथमा महङ्गो खाटमा आनन्दको निन्द्रा,हजुर तथा अन्य नेतागणहरुको पहिचान अनि सम्मान सहितको परिचय छ । म बबुरो, हजुरको आदेशमा यसो दस बाह्र वर्ष जनयुद्ध, आन्दोलन, क्रान्तिमा त्याग बलिदान गर्ने सानो भुसुना जो अहिले खाडिमा गुलामी गर्दै छु, । हजुरहरुकै आशिर्वाद पाएर , खैर पत्र चाहिँ कोर्ने अठोट गरे….11845929_512656102231782_158618452_nम जान्दैन थिय मार्क्सवाद्को बारेमा म जान्दैन थिए ,माओवादको बारेमा, मैले मात्र जानेको थिए । र बुझेको थिए विषय भनेको किसान, दलित, महिला, राउटे,कम्लरी, मधेसी ,थारु, सिमान्तकृत समुदायका समग्रमा राज्यद्वारा हेपियका पेलियका पिछडिएका बर्ग, समुदायको मुक्ती सबैलाइ अधिकार सम्पन्न बनाउने । मैले बुझेको यति थियो । र म जनयुद्ध मा होमिए । समान्ता , स्वतन्त्रता समाबेशी , समानुपातिक जहा हरेक नागरिकले मेरो देश मेरो संविधान मेरो सरकार भन्न सक्ने एउटा नयाँ नेपालको निर्माणको निम्ति म जस्ता हजारौ मान्छे जनयुद्ध मा होमियौ । मैले जनयुद्ध गरे मैले आन्दोलन गरे मैले क्रान्ति गरे । मैले गणतन्त्र ल्याय,,मैले धर्म निरपेक्षता ल्याय,,मैले सङ्घियता ल्याय ,मैले समानुपातिक समाबेशिता ल्याय, मैले राज्यको केन्द्रमा महिला ल्याय आदिवासी जनजाति ल्याय, मैले मधेसी थारु दलित चेपाङ चमार राई मगर लिम्बू तामाङ आदि हरेक जातजाती ल्याय, मैले हरेक पिछडिएका बर्ग समुदायको हक हितको लागि लडे, मैले हरेक समुदाय बाट जनताको छोरो छोरी पनि राष्ट्रको उच्च पद मा आसन भएर राष्ट्र हाक्न पाउनु पर्ने व्यवस्था ल्याय, मैले शिक्षा स्वास्थ रोजगारी बिकासमा नयाँ बहस ल्याय सबै धर्मलाइ समान हक दिलाए ,परिवर्तनको एउटा लहरनै ल्याय । तर आज समग्र राष्ट्रले नै बेवास्ता गरि रहदा आँखाभरी आँसु लिएर यो पत्र कोर्न बाध्य भए । जस्को निम्ति मैले खाली पेट ग्यास्टिक भएर वाक~वाकि आउदा पनि लडिरहे,मेरो बुढी आमा र मेरो बूढो बाबालाइ छोडेर जनयुद्ध मा होमिय राष्ट्र र जनताको निम्ति भोको पेट अनिदो भएर लडे, मैले वास्ता गरिन मेरो आमा बाबाले के खानु भो के लाउनु भो, भोकै पो हुनुहुन्छ कि ? घरको छानो चुहिने हुदा बर्खा याममा भिजेर काप्दै पो हुनुहुन्छ कि ? आदि आदि मैले वास्ता गरिन । मेरो आमा बाबालाइ एक अम्खोरा पानी सारेर दिने मान्छे नहुदा पनि मैले वास्ता गरिन । म लडिरहे राष्ट्र र जनताको निम्ति । मैले कमाएर मेरा आमा बाबालाइ केही खुसी दिन सक्थे । म उहीँ बेला जीवन गुजारा गर्न बिदेशिन सक्थे । तर मैले वास्ता गरिन । म लडिरहे पार्टी राष्ट्र र जनताको निम्ति र सम्भव भयो नेपालको परिवर्तन। यो सिलसिलामा मैले मेरो आमा गुमाए बाबा गुमाए, मैले मेरो दाजु भाइ गुमाए छोरा छोरी श्रीमति गुमाए त्यहि अनुसार आफन्तजन गुमाए, हामिले थुप्रै चिज गुमायौ जो हाम्रो निजि थियो । यहि गन्तन्त्र लागि म एम्बुसमा पड्किय,यहि सङ्घियताको लागि मैले गोलि खानु पर्यो, यहि धर्म निरपेक्षताको लागि मैले कठोर यातना खेप्नु पर्यो, यहि समानुपातिक समाबेशिताको लागि मैले मेरो शरीरको अङ्ग गुमाउनु पर्यो, म अन्धो हुनुपर्यो, म लङ्गडो हुनुपर्यो म घाइते हुनुपर्यो, म अपाङ्ग हुनुपर्यो, म अयोग्य हुनुपर्यो, म अपमानित अपहेलित हुनुपर्यो । यहि परिवर्तनको लागि, मेरो त्याग बलिदान बाट देश परिवर्तनमा आयो ,मेरो त्याग बलिदान बाट राष्ट्र निर्माणका बहस योजनाहरु बन्न थाले सबैलाइ सबै प्रकारको चेतना आयो, जनताको एउटा व्यवस्था आयो मेरो त्याग बलिदान बाट ! अध्यक्ष महोदय, मेरो त्याग बलिदान बाट कोहि मन्त्री भय कोहि प्रधानमन्त्री भय नपाउनेले पनि के-के पाए थुप्रै पाए, थुप्रै धनी भए एकाएक थुप्रैले महल ठडाए रातारात, कोहि अध्यक्ष भय कोहि महासचिव भए कोहि उपाध्यक्ष वा जे होस पाउनेले त पाए मेरो बलिदान र त्याग बाट, तर म आफै खाडीमा छु । बिदेशिको गुलामी गर्दै छु । म जस्ता हजारौ छौ । हिजो म आफैले परिवर्तनको दुहाइ दिदै हिड्थे । म आफैले भासण गरेर जनतालाइ ढुक्क बनाउथे युवाहरु बिदेशीएको देख्दा ती युवाहरुलाइ म आफै गाली गर्थे । बिरोध गर्थे । तर म आफै खाडिमा छु ।मैले ल्याएको व्यवस्थामा नै मैले मेरो चिनारी पाइन सम्मान पाइन पहिचान पाइन, मेरो त्याग बलिदानलाई पैसा तौलिएर बेचियो । ती तमाम परिवर्तनको लागि लडेका योद्धाहरु आज खाडिमा बिदेशीको खुट्टा मुनि निदाउन बाध्य छौ । म जस्ता थुप्रै छौ, देश मा यति ठूलो परिवर्तन ल्याउने मानिसहरु पुर्व जनसेना जीवन गुजारा गर्नकै लागि देश बाट पलायन भयका छौ । मैले मेरो सम्मान पाइन मैले मेरो पहिचान पाइन मैले मेरो चिनारी पाइन । अध्यक्ष महोदय , आज पनि समाजले मलाइ आतंककारी भन्छ । राज्यले नै भुसिया कुकुरलाई झै व्यवहार गर्छ, कसैलाइ हाम्रो वास्ता छैन,आज पनि माइला घरे काजिले हेप्छ पेल्छ,,पल्ला घरेले सहिद परिवारको ओल्लो घरलाई हेलना गर्छ, घाइते अपाङ्ग लाई माया गर्ने कोहि छैन । झन समाज र राष्ट्रले अयोग्य को पगरीले सम्बोधन गर्दा यो मुटु भक्कानियर फुट्ला झै हुन्छ । योद्धाहरुलाइ पैसामा बेचेर तपाइहरुका सपनाहरु सुन्दर भए होलान, अयोग्य बनाएर फुलमाला र अबिरले योद्धाहरुलाइ निकाला गर्दा तपाइहरुका मुटु हर्सिय होलान । तर हामी खाडिमा छौ । सेना समायोजन SSR र DDR को फर्मुलाको हल्ला चलाइयो तर अन्तमा कालिमाटीमा सब्जी बेच्ने फर्मुलालाइ नै पास गरियो । तपाईं प्रती वा पार्टी प्रती म धेरै गुनासो गर्ने मनास्यमा छैन । तर आज संविधान बनिरहेको अवस्था तथा जारी हुने संघारमा हजुर तथा पार्टीलाई सम्झन बाध्य भए । कारण हाम्रा पनि कुराहरु संविधानमा कोरियोस । हामिलाइ पनि सम्मान र पहिचान प्रदान गरियोस…ताकी हामी पनि समान तरिकाले आफ्नै देश समाज मा बाच्न सकौ । यहि पत्र मार्फत हजुर तथा पार्टी लाई निम्न बुदामा ध्यानाकर्षण गराउन चाहन्छौ:- १)राष्ट्रिय सम्मान पत्र २)बहुदलिय परिचय पत्र (३ अयोग्यको बिल्ला खारेजी (४ शिक्षा स्वास्थ रोजगारी को ग्यारेन्टी (५ पेन्सनको व्यवस्था (६ सम्पुर्ण जनसेनालाइ समेटी प्राधिकरण को निर्माण (७पाचौ डिभिजन बसेको स्थान मा जनयुद्ध जन आन्दोलन सम्बन्धिको राष्ट्रिय सङ्ग्रालय को स्थापना (८ राष्ट्रका विशेष नागरिक मा अङ्कित ,,,,यत्ती हो हाम्रो भन्नू । अन्तमा सबै माओवादि एक ठाउमा आउनुहोस एकता गर्नुहोस नयाँ हुनुहोस मजबुत हुनुहोस । शुभ~कामना सहित अभिवादन…                                                                                                                                                                                                                                 पुर्व जनसेना राजु प्र. ढुङ्गाना (प्रनिल) प्रवाश, मलेसिया

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण