गृहपृष्ठ » अन्तर्वार्ता, देवदह विशेष, बिचार/ब्लग, मुख्य समाचार, साहित्यजापान पुगेर पनि रोटी पोल्दै छन् चित्रबहादुर केसीका छोरा

जापान पुगेर पनि रोटी पोल्दै छन् चित्रबहादुर केसीका छोरा

August 6, 2015६१० पटक

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सभासद् चित्रबहादुर केसीका छोरा सचित्र केही महिनाअघिसम्म काठमाडौं अनामनगरस्थित एक ढावामा रोटी पोल्दै गरेको अवस्थामा भेटिन्थे । अस्ट्रेलिया जाने भनेर उनले १०–१२ लाख खर्च गरेका थिए । तर, अनामनगरमा रोटी पेलेर त्यो ऋण चुक्ता नहुने उनको ठम्याइ थियो । हजुरबाको खेत बेचेर ऋण तिर्न उनको मनले मानेन । त्यसपछि उनी जापानतिर लागे, आठ महिना अगाडि । जापान पुगेर पनि उनी अहिले रोटी पोल्दै छन् । संघर्ष र श्रम कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताका लागि अनिवार्य हुन्छ । अनि, नैतिकता र इमानदारिता उसको परिचय हुन्छ भन्ने मान्यता राखेका सचित्र अहिले दैनिक १२ घन्टा काममा खटिन्छन् । जापानको एक रेस्टुरेस्टमा रोटी पोल्दै गरेका सचित्रले जापान बसाइको आफ्नो कथाव्यथा यसरी सुनाए :

ऋणको ठूलै भारी थियो । त्यसलाई नेपालमै बसेर बिसाउन सम्भव देखिएन । त्यसैकारण म आठ महिनाअगाडि जापान आएँ । यहाँ आएर मैले ‘नेपाली किचन सम्झना’ भन्ने रेस्टुरेन्टमा काम गर्न थालेँ । जापान आएपछि नयाँ–नयाँ अनुभव बटुल्दै छु । पहिलो कुरा त नेपाल र जापानको जनजीवन निकै नै फरक छ । नेपालमा रहँदा पनि काम त गरिन्थ्यो नै, तर जापानको जस्तो थिएन । काम गर्दै, मान्छे भेटदै, गफ गर्दै दिन बित्थे नेपालमा । जापानमा त्यस्तो सुविधा छैन । अत्यधिक मिहिनेत चाहिन्छ । ड्युटी आवरमा दायाँबायाँ केही छैन, बस् काम–काम । जे काम गरे पनि हात खाली हँुदैन । लाहुरे जीवनको अनुभव यहाँ हुन्छ ।

यहाँ मेरो काम बिहान नौ बजेबाट सुरु हुन्छ । दुई घन्टामा किचनको तयारी सकिन्छ । ११ बजेबाट ग्राहक आउँछन् । उनीहरूको अर्डरअनुसार खाना बनाउने काम सुरु हुन्छ । ग्राहक जति धेरै आउँछन्, किचनमा कामको प्रेसर उत्तिकै बढ्छ । ११ देखि ३ बजेसम्म लन्चको समय हो । ग्राहकको भीड यही बेला हुन्छ । ३ देखि ५ बजेसम्म हाम्रो स्टाफको खाना खाने र आराम गर्ने समय हो । शनिबार, आइतबार र स्थानीय बिदा भएको दिन रेस्टुरेन्टमा ग्राहक बढी आउँछन् । यी तीन दिन हामीलाई ३ देखि ५ बजेसम्म आराम गर्ने समय हुँदैन ।

साँझ ५ बजेबाट डिनरको काम सुरु हुन्छ । फेरि किचनको मोर्चा सम्माल्न लागिन्छ । विभिन्न परिकार बनाउनुपर्छ । तन्दुरीरोटीदेखि विभिन्न परिकार तयार हुन्छ । ५ बजेबाट सुरु भएको डिनर राति १० बजेसम्म चल्छ । यसरी हेर्दा होटलमा १२ घन्टाको ड्युटी छ । सातामा एक दिन बिदा पाइन्छ । काठमाडौंको अनामनगरमा रोटी पोल्दापोल्दै यसो एकछिन बसेर पत्रिका पढे पनि हुन्थ्यो । यहाँ त्यस्तो हुँदैन । ग्राहकको चापअनुसार काम हुन्छ । सेवा राम्रो र चाँडो दिनुपर्ने भएकाले काम सिरियस्ली गर्नुपर्छ । यहाँका अधिकांश ग्राहक जापनिज नै हुन्छन् । ताइवानी, कोरियन, युरोपियन र इन्डियन पनि लन्च–डिनरका लागि आउँछन् । कहिलेकाहीँ नेपाली दाजुभाइ पनि देखिन्छन् ।

रातिको काम सकेर कहिले पैदल कहिले साइकलमा कोठामा गइन्छ । होटलमा सँगै काम गर्ने चारजना साथी छौँ– बाग्लुङ, स्याङ्जा, नवलपरासीका । चारैजना सँगै बस्छौँ ।

होटलबाट कोठामा पुग्न साइकलमा १० मिनेट र पैदल ३० मिनेट जति लाग्छ ।

नेपालमा बसेर सोचेजस्तो छैन जापान । कल्पना गरेजस्तो पनि रहेनछ । मेरो हकमा पनि मैले सोचेभन्दा उल्टो पाएँ जापान । यहाँ बस्ने कोठामा टिभीसमेत छैन । होटलमा इन्टरनेट सुविधा छ । फुर्सदमा यसो देश–विदेशका खबर हेर्ने हो । होटलको इन्टरनेटका राउटर राति कहिलेकाहीँ कोठामा लैजान्छौँ । फेरि अर्को दिन बिहान बोकेर आउँछौँ । त्यसैबाट कहिलेकाहीँ कोठामा पनि इन्टरनेट चलाउँछौँ । काठमाडौंमा बुवासँग बस्दाको भिन्दै मजा थियो– घरपरिवार, इष्टमित्र र साथीभाइसँग भेटघाट, कुराकानी चलिरहन्थ्यो, आत्मीयता बढिरहन्थ्यो । यहाँ त्यस्तो हुने कुरै भएन । काम गर्ने साथीबीच नै रहने हो, दुःखसुख साट्ने हो । कुराकानी पनि कामकै हुन्छ । फेरि काम छ सबै छ, काम छैन केही छैन यहाँ । पुँजीवादी देशमा मजदुर र मेसिन उस्तै–उस्तै हुन् । मैले अहिलेसम्म तलब बुझेको छैन । यहाँ आउँदा लागेको खर्च तिरिरहेको छु, यस्तै सर्त थियो । ११ लाख रुपैयाँ जति मैले तिर्नुपर्छ । आधा जति अझै बाँकी छ । यो तिरेपछि मात्रै तलब बुझ्न पाउँछु । यहाँको पैसाको मूल्य बढेको छ । ८० हजार युआन तलब छ । टेलिफोन, साथीभाइसँगको कहिलेकाहीँको भेटघाट र यातायातमा अलिअलि खर्च हुन्छ । यातायात निकै महँगो छ । जापानमा मेसिनले जस्तै काम गर्नुको पनि मेरो आफ्नै कथा छ । पुरानो ऋण तिरौँ भन्ने सोचसहित आएको हँु । अस्ट्रेलिया जाने भनेर चक्कर लगाइयो । ११ लाख रुपैयाँ दलालले खाइदियो । साथीभाइ र आफन्तसँग खोजेको त्यति धेरै पैसा दलालले खाएपछि तनाव हुने नै भयो । म नेताको छोरा हुँ, मलाई समेत दलाल ठग्न तयार हुन्छन् । नेपालमा दलालहरू साँच्चिकै बलिया हुन् । दलाललाई ठूलो राजनीतिक संरक्षण होला भन्ने मलाई लाग्छ । प्रहरी प्रशासनको संरक्षण होला । सोझासाझा जनताका लागि त केही छैन भन्ने महसुस हुन्छ ।

बुवाले त विदेश जानुपर्दैन, खेत बेचेर ऋण तिरौँला भन्नुभएको थियो । जापानमै रहेको भाइले पनि ऋण तिरौँला दाइ चिन्ता नगर्नुस् भनेको थियो । तर, मेरो मनले मानेन । आफैँ श्रम गरेर ऋण तिर्नुपर्छ जस्तो लाग्यो । त्यसपछि जापान जाने योजना बनेको हो । बुवाले खेत बेचेर ऋण तिर्ने कुरा गर्दा मलाई धेरै नै असजिलो लाग्यो । बुवा आफैँले किनेको खेत होइन । उहाँले जनताका लागि राजनीति गर्नुभयो । कमाउने राजनीति गर्नुभएन । हजुरबाले कमाएको खेत भाइअंशमा बुवाको नाममा परेको हो । त्यो बेचेर म नातिले कसरी ऋण तिर्ने ? कतैबाट पनि मनले मानेन । त्योभन्दा त आगोको भट्टीमा रोटी पेलेर ऋण तिर्दा नै आत्मसम्मान हुने महसुस भयो । दुई–चार वर्ष काम गर्छु र ऋण तिर्छु भनेर नै यहाँ आएको हो । पहिलो चरणमा जापान आउँदा लागेको ऋण पूरा हुन्छ । दोस्रो चरणमा दलालले खाइदिएको ऋण तिर्छु ।

अंग्रेजी नयाँ वर्षमा जनगायक जीवन शर्मा यहाँ आउनुभएको थियो । रक्तिम सांस्कृतिक परिवारका लागि अक्षयकोष र लाइब्रेरी बनाउनेबारे सल्लाह गर्यौँ । जापानलगायत सबै ठाउँबाट सहयोग जुट्यो भने अक्षयकोष र लाइबे्ररी बनाउन सकिन्छ । रक्तिमका धेरै सम्पति नष्ट हुन्छन् कि भन्ने चिन्ता लागेको छ । जनताको पक्षमा, जनतालाई जागरण दिँदै हिँडेका रक्तिमका कलाकारका लागि पनि अक्षयकोष ठूलो कुरा हुने थियो । म आफैँ पनि त्यो सांस्कृतिक समूहमा रहेर काम गरेको हुँ । जसरी हुन्छ, अक्षयकोष र लाइब्रेरी बनाउने योजना बनेको छ ।

जीवनजी यहाँ आएका बेला हामीले एउटा कार्यक्रम पनि गर्यौँ । उहाँले गाउनुभयो, म दुईवटा गीतमा नाचेँ । रक्तिमसँगको मेरो भावनात्मक सम्बन्ध छ । मेरो धेरै ऊर्जा रक्तिमका लागि खर्च भएको छ । नेपालमा जस्तै जीवनका गीतमा जापानमा पनि नाचेँ ।

आकाशमा बादल छैन, पानी पर्यो करेली झालैमा । सामन्तको नाइके छैन, कसले पार्यो माकुरी जालैमा ।।

संघीयताको विषय, धर्मको विषय र जात–जातको विषयमा देशमा लडाइँ छ । विदेशीले लडाउने षड्यन्त्र गरेका छन् । नेपाली लडेका छन् । यही सन्देश दिन खोजेको छ, गीतले । धेरैले मन पराउनुभयो यो गीत ।

हामीले जापानमै पनि रक्तिमको कमिटी बनाउन खोजेका छौँ । अरू साथीहरू केही अहिले जापानमै काम गरेर बसिरहनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण