अर्घाखाँचीमा यसरी जलाईयो मोदीको पुत्ला (फोटो फिचर)
घनश्याम पौडेल
१३ असोज,अर्घाखाँची
नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै नाकाबन्दी गरेको भन्दै अर्घाखाँची जिल्लामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ ।
छिमेकीलाई छिमेकीको व्यवहार गर्नुको साटो औपनिवेशिक व्यवहार गर्दै नाकाबन्दी गरेको भन्दै मोदीको पुत्ला जलाइएको हो ।
सन्धिखर्कको हललाईन तथा पाणिनी चोकका स्थानीय बासिन्दाहरुले भारतीय हस्तक्षेप बन्द गर्न आग्रह, नारावाजी सहित बजार परिक्रमा समेत गरेका थिए । उनीहरुले सन्धिखर्क शान्तिबँगैचामा पुगेर मोदीको पुत्ला जलाएका हुन् ।