गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्रमुख तीनदल सीमांकन हेरफेरमा सकारत्मक,आज होला त सहमति ?

प्रमुख तीनदल सीमांकन हेरफेरमा सकारत्मक,आज होला त सहमति ?

October 1, 2015१३३ पटक
प्रमुख तीनदल सीमांकन हेरफेरमा सकारत्मक,आज होला त सहमति ?

काठमाडौं । सीमांकन र संविधानको विरोधमा रहेको मधेसी मोर्चासंग तीनदले वार्ता गर्ने निर्णय गरेका छन् । बालुवाटारमा बसेको तीनदलका शीर्ष नेताको बैठकले सीमाङ्क र संविधानमा देखिएको विवाद राजनीतिक सहमति मार्फत टुङ्ग्याउने निर्णय गरेका हुन् । बालुवाटार स्रोतका अनुसार तीन दल राजनीतिक सहमतिका आधारमा प्रदेशहरुको सीमांकन हेरफेर गर्न सकारात्मक देखिएका छन् ।

रौतहट बैठकबाट सरकारसंग वार्ता गर्ने जिम्मा पाएका तमलोपाका अध्यक्ष महन्त ठाकुरसंग तीन दलले आजै वार्ता गर्ने पनि तयारी गरेका छन् । आजको बैठकमा तीन दलको वार्ता टोलीले समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र सीमांकनका विषयमा समेत प्रस्ताव लैजाने स्रोतले जनाएको छ ।

यस अघि मधेसटी मोर्चाले वार्ताकोलागि ठोष प्रस्ताव ल्याउन सरकारसंग माग गरेको थियो । ठाकूरसँग तीन दलले गठन गरेको वार्ता टोलिले तमलोपाको पार्टी कार्यालय बिजुलीबजारमा छलफल गर्ने वुझिएको छ ।

मधेसी मोर्चाले विगतमा भएको ८ र २२ बुँदे सहमति कार्यान्वयनको राजनीतिक प्रतिवद्धता माग गर्दै आएको छ । साथै उसले तराईका दंगाग्रस्त जिल्लाहरुमा खटिएका सेना फिर्ता लिनुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र पक्राउ परेका नेता कार्यकर्तालाई मुद्दा चलाउन नहुने सर्त राखेको छ । मोर्चाले राखेका केही माग सरकारले पुरा गरिसकेको छ भने अन्य मागहरुमा लचिलो भएर प्रस्तुत हुने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण