गृहपृष्ठ » मुख्य समाचार, समचारबेनीमा उपभोक्ता ठगिए : दोब्बर भन्दा बढी नाफामा तरकारी फलफुल बिक्री,

बेनीमा उपभोक्ता ठगिए : दोब्बर भन्दा बढी नाफामा तरकारी फलफुल बिक्री,

October 1, 2015११८ पटक

पसल दर्ता गर्न, मूल्य सूचि राख्न र सरसफाईमा ध्यान दिन कृषिको निर्देशन !
म्याग्दी २०७२ असोज १४ ।

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित तरकारी र फलफूल पसलहरुको बुधबार अनुगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालयलको नेतृत्वमा बेनी बजारको बालमन्दिरचोक, ईन्द्रेणीटोल, गणेशटोल, क्याम्पसचोक, अस्पतालचोक, न्युरोड लगायतका क्षेत्रका कृषिजन्य बस्तुको बिक्री हुने पसलहरुको अनुगमन भएको हो ।

कृषि विकास, प्रशासन, प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्चका प्रतिनिधिहरुको सहभागितामा २० वटा भन्दा बढी पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा तरकारी र फलफुल पसलमा मूल्यसूचि नभएको र भएकाले पनि प्रयोगमा नल्याएको पाइएको छ ।

तरकारी ब्यवसायीहरुले कृषकलाई उचित मूल्य नदिने र दोब्बर भन्दा बढी मूल्य अन्तर राखेर उपभोक्तालाई महँगो मूल्यमा बिक्री गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
दर्ता नभएकालाई तत्कालै दर्ता गर्न, अनिवार्य मूल्यसूची र बोर्ड राख्न र सरसफाईमा ध्यान दिन निर्देशन दिइएको अनुगमन टोलीका संयोजक बरिष्ठ कृषि विकास अधिकृत बसन्तकुमार श्रेष्ठले बताए ।

dndn (3)कुहिएका, सडेगलेका र झिँगा भन्केका तरकारी, फलफुल बिक्रीका लागि राखेका पसल सञ्चालकहरुलाई टोलीले सचेत बनाएको छ । टोलीले बेनीमा रहेका बिउबिजन तथा बिषादी बिक्री हुने पसलहरुको समेत अनुगमन गरेको छ ।

चाडबाडको समयमा तरकारी, फलफुल र खाद्यान्नमा मिसावट, प्रदुषित, अस्वस्थ र कम गुणस्तरको सामान बिक्री हुने गरेकाले त्यसलाई नियन्त्रणका लागि सतर्कता अपनाएर बजार अनुगमनलाई तिब्रता दिइने स्थानीय प्रशासनले जनाएको छ ।

प्रशासनले खाद्यन्न, फलफुल, तरकारी, मासु पसलहरुको अनुगमन गरेपनि ग्याँस र ईन्धनमा कृतीम अभाव सृजना गरी कालोबजारी हुन थालेपनि त्यसतर्फ ध्यान नदिएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण