गृहपृष्ठ » मुख्य समाचार, समचारसिन्धुलीमा ४२ जना ज्येष्ठ नागरिक सम्मानित ।।

सिन्धुलीमा ४२ जना ज्येष्ठ नागरिक सम्मानित ।।

October 1, 2015१३८ पटक

१४ असोज सिन्धुली
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा नेपाल ज्येष्ठ नागरिक जिल्ला संघ सिन्धुलीले ४२ जनालाई सम्मान गरेको छ । ९० बर्ष भन्दामाथिका ४ जनालाई सम्मान स्वरुप २ सय रुपैया नगद सहिद खादा ओढाएर सम्मान गरिएको हो । ३८ जनालाई भने खादा र केही नगद सहित सम्मान गरिएको नेपाल ज्येष्ठ नागरिक जिल्ला संघ सिन्धुलीले जनाएको छ । हामी बिना हुदैन हाम्रो संसार भन्ने नारा सहित मनाइएको दिवसरको अबसरमा ज्येष्ठ नागरिकले मासिक भत्ता ३ हजार हुनुपर्ने, स्वास्थ्यउपचार तथा यातायातमा ५० प्रतिशत छुट हुनुपर्ने, ज्येष्ठ नागरिकको हितको लागि ६० बर्ष पुगेका नागरिकलाई भत्ता दिनुपर्ने लगायतका माग गरेका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण