गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारमधेसी मोर्चाद्वारा हुलाकी राजमार्गमा मानव साङ्लो ।।

मधेसी मोर्चाद्वारा हुलाकी राजमार्गमा मानव साङ्लो ।।

October 1, 2015१७७ पटक

१४ असोज
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा आज हुलाकी राजमार्गमा मानव साङ्लो प्रदर्शन गरिएको छ । विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले पनि प्रदर्शनमा सहभागिता जनाएको छ । मधेसी मोर्चाले ११ सय ५५ किलोमिटर हुलाकी राजमार्गमा मानव साङ्लो बनाउने यसअघि निर्णय गरेको थियो । विराटनगरमा पनि मोर्चाले मानव साङ्लो प्रदर्शन गरेको छ । सहभागीहरुले राजमार्गमा एकअर्काको हात समाएर मानव साङ्लो वनाएको थिए । पूर्व पश्चिम हुलाकी मार्ग अन्र्तगत पर्ने विराटनगर क्षेत्रको सञ्जीमण्डी, महावीर चौक लगायत रगेलीविराटनगर जोडने हुलाकी मार्गमा मानव साङ्लो तयार पारिएको थियो । झापाको गौरीगञ्जवाट विराटनगरको केशलीया नदीसम्म उनीहरुले मानव साङ्लो प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण