भोलि नै प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिको निर्वाचन सुरु हुने सभामुखको भनाई ।।
१४ असोज
ब्यवस्थापिका संसदका सभामुख सुवास चन्द्र नेम्वाङ्गले भोलि बस्ने रुपान्तरित ब्यवस्थापिका संसदको बैठकले तत्कालिन संसद सञ्चालन कार्यविधि बनाएर प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु गर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालको जिल्ला भेलाको आज पोखरामा उद्घाटनगर्दै नेम्वाङले भोलिको बैठकमा कामचलाउ नियमावली पास गराएर निर्वाचनको प्रक्रिया अगाडि बढाउने तयारी गरिसकेको जानकारी दिनुभयो । भोलिको बैठकले नयाँ संविधानको भावना अनुसारको नियमावली मस्यौदा समिति पनि निर्माण गर्ने जनाइएको छ । कार्यक्रममा सभामुख नेम्वाङले संविधान जारी भए लगत्तै नयाँ संविधान कार्यान्वनयमा आए पनि भोलिबाट संविधान अनुसार रुपान्तरित संसदको बैठक बस्ने भएकोले सुदृढ ढंगले संविधान कार्यान्वयन चरणमा अघि बढ्ने धारणा राख्नुभयो ।