गृहपृष्ठ » मुख्य समाचार, राजनीतिभोलिसम्म मधेसी मोर्चासँग सहमतिको प्रयास हुने ।।

भोलिसम्म मधेसी मोर्चासँग सहमतिको प्रयास हुने ।।

October 1, 2015१४४ पटक

१४ असोज
आज बिहान बसेको शीर्ष नेता सम्मिलित बैठकले संविधान संशोधनबाट भए पनि मधेसका मुद्दा समेट्ने गरी भोलिसम्म मधेसी मोर्चामा आवद्ध दलहरुलाई सहमतिमा ल्याउन प्रयास गर्ने निर्णय गरेको छ । राष्ट्रपति डा. रामवरण यादवले भोलिबाट संसद् बैठक आह्वान गरेकाले दलहरुले मधेसी दल र थरुहटसँग सहमतिका लागि संवादलाई तीब्र पार्ने निर्णय गरेका हुन् । संसद् बैठक सुरु भएको सात दिनभित्र नयाँ प्रधानमन्त्री छानिसक्नुपर्ने प्राबधान भएकाले दलहरुले मधेसी मोर्चासँगको संवादलाई निकास दिन खोजेको एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । बैठकले संविधान जारी भएको अवस्थामा अहिलेका उपलब्धी रक्षा गर्न राष्ट्रिय सरकार जरुरी रहेकाले मधेसी दललाई पनि त्यसमा सहमत गराउने प्रयास अघि बढाउने निर्णय गरेको हो । शीर्ष बैठकले उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र विजय गच्छदारको मोर्चासँग छुट्टाछुट्टै वार्ता गरी सहमतिको प्रयास थाल्ने जनाएको छ । मधेस आन्दोलनको जटिलता र भारतले अघोषित नाकाबन्दी गरेपछि बढेको पेट्रोलियम र अन्य उपभोग्य सामाग्रीको संकट अन्त्य गर्न पनि सामूहित पहल थाल्ने बैठकमा सहमति जुटेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण