गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचारतिर्खा मेटाउने चक्करमा चितुवाको यस्तो बिजोग

तिर्खा मेटाउने चक्करमा चितुवाको यस्तो बिजोग

October 1, 2015३८२ पटक

फोटो :एजेन्सी

एजेन्सी : भारतीय राज्य राजस्थानमा एउटा अनौठो घटना भएको छ । राजस्थानको राजसमन्द जिल्लाको एक गाउँ सादुलखेडामा एउटा चितुवा जब लाचार भयो, तब उसको टाउको गाग्रीमा फस्न पुग्यो ।

तिर्खाले खरिएको चितुवाले पानी खोज्ने क्रममा गाग्रीमा मुन्टो छिराउन पुगेको थियो । तिर्खा मेटाउन भौतारिने क्रममा चितुवाले चारैतिर नजर दौडायो ।

पानी खोजिरहेका बेला उसको नजर खेतमा राखिएको स्टिलको एक गाग्रीमा पुग्यो । चितुवाले पानी खान गाग्रीमा मुखमात्र के छिराएको थियो, त्यहीँ उसको मुन्टो फस्न पुग्यो । त्यसपछि गाग्रीबाट मुन्टो निकाल्न उसको छटपटी शुरु भयो ।

करिब १० घण्टासम्म गाग्रीभित्र मुन्टो छिराएर छट्पटिएको चितुवालार्इ बेहोस हुने दबार्इ दिइयो । रातको समयमा भएको यो घटनामा चितुवाको छटपटी र आवाज सुनेर गाउँले ब्युँझिन पुगेका थिए ।
खेतमा पुगेर हेर्दा मध्यराति डरलाग्दो हिंस्रक जनवार गाग्रीमा मुन्टो छिराएर विवश अवस्थामा छटपटाइरहेको गाउँलेले देखेका थिए ।

स्थानीयबासीले विवश चितुवाको मुन्टो गाग्रीबाट निकाल्न पहल थाले । मानिसहरुले आफूलार्इ जोगाउन चितुवालार्इ घेरेर डोरीले बाँधे ।

रातभरको प्रयासमा पनि चितुवाको मुन्टो गाग्रीबाट बाहिर निकाल्न सकिएन । त्यसपछि गाउँलेले वन विभागलार्इ खबर गरे ।

चितुवा भएको ठाउँमा वन विभागका कर्मचारी पुगेर पनि गाग्रीबाट चितुवाको मुन्टो निकाल्ने प्रयास विफल भयो ।

त्यसपछि हार मानेका वन विभागका कर्मचारीले चितुवालार्इ आफ्नो नियन्णमा लिएर ट्रङ्कुलाइज इन्जेक्स दिइ बेहोस बनाइयो । चितुवा बेहोस भएपछि गाग्रीलार्इ काटेर चितुवाको मुन्टो निकालियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण