गृहपृष्ठ » फोटो ग्यालरी, मुख्य समाचार, समचारगुल्मीको तम्घास बजारमा अत्याधुनिक सौर्य बत्ती

गुल्मीको तम्घास बजारमा अत्याधुनिक सौर्य बत्ती

August 6, 2015६०७ पटक
solar gulmi tamgas

गुल्मी 

रेसुङगा नगरपालिकाको तम्घास बजारमा अत्याधुनिक सौर्य बक्ती जोडिएको छ । रेसुङगा नगरपालिका र जिल्ला विकास समिति गुल्मीको आर्थिक सहयोगमा सदरमुकाम तम्घास बजारमा रातको समयको लागि अत्याधुनि सौर्य उर्जा जडान गरिएको छ ।
जिल्ला विकास समिति गुल्मीले १५ वटा र रेसुङगा नगरपालिकाले चार वटा बत्ती जोड्नको लागि आर्थिक सहयोग गरेका थिए । जिल्ला विकास समितिले भ्याट सहित १५ लाख लगानी गरेको रेसुङगा नगरपालिकाले चार लाख लगानी गरेको जिल्ला विकास समितका उर्जा अधिकृत चिरञ्जीवी भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो बर्ष सदरमुकाम तम्घासका सबै जस्तो ठाउँमा सौर्य बत्ती जडान गर्ने लक्ष्य लिइएको छ ।
जिल्ला विकास समितिले खानीगाउँ चोक देखि बसपार्क सम्म सौर्य उर्जा जडान गरेको छ भने रेसुङगा नगरपालिकाले कारागार साइडमा सौर्य उर्जा जोडेको छ । ४० वाटको बत्ती रहेको उक्त अत्याधुनिक सोलार सेटमा साँझपरेपछि आफै बत्ती बल्छ भने बिहान भएसँगै निभ्छ । उक्त सोलार सेटमा अत्याधुनिक ब्याट्री समेत राखिएको छ । उर्जा अधिकृत भट्टराईले सामान्य सोलर भन्दा सडकमा जडान गरिएको उक्त सोलार लामो समय सम्म टिक्ने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण