प्रधानमन्त्री कोइरालाले शुक्रबार राजीनामा दिने
प्रधानमन्त्री सुशील कोइरालाले भोली शुक्रबार राजीनामा दिने भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका कोइरालाले व्यवस्थापिका संसद्को बैठकमा कोईरालाले राजीनामा दिन लागेका हुन ।
संविधानसभाबाट संविधान जारी भएपछि नयाँ सरकार निर्माणका लागि भोली व्यवस्थापिका संससद्को बैठक बस्दै छ ।
प्रम कोइरालाले भोलि नै राजीनामा दिने संकेत भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा गरेका हुन् ।
काठमाडौंको होटल अन्नपूर्णमा विदेशी सञ्चारमाध्यमका नेपालस्थित पत्रकारहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।