गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यनेपाल भारत सम्बन्ध सुधारमा जनस्तरबाट पहल सुरु

नेपाल भारत सम्बन्ध सुधारमा जनस्तरबाट पहल सुरु

October 1, 2015३७७ पटक

नेपालगञ्ज, असोज १४ – नेपाल र भारतीबीच पछिल्लो समय देखिएको असहज अवस्था अन्त्यका लागि नागरिकस्तरबाट पहल थालिएको छ । नेपाल र भारतबीच सदिऔंदेखि मित्रतापूर्ण सम्बन्ध रहेको भन्दै त्यो सम्बन्धमा खलल पुग्न नदिने र सम्बन्धलाई अझ बढि प्रगाढ बनाउने भन्दै दुईदेशका नागरिक अगुवाले पहल थालेका हुन् ।

सीमावर्ती दुईदेशका उद्योगी व्यवसायी र सञ्चारकर्मीबीच बिहिवार नेपालगञ्जमा भएको छलफलमा पछिल्लो असहज अवस्था अन्त्य गर्नका लागि दुबै देशका सरकारको ध्यानाकर्षण गराउने सहमति भएको छ ।

कार्यक्रमबाट नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय नेपाल–भारत सद्भाव मञ्च गठन गरिएको छ ।

मञ्चमा रुपैडिया व्यापार मञ्चका अध्यक्ष विजयकुमार मित्तल, महामन्त्री रजा ईमाम रिजवी, पत्रकार मणिराम शर्मा, शेरसिंह कशौंधन र एसके मधेशिया तथा नेपालका तर्फबाट पत्रकार पूर्णलाल चुके, उद्योगपती प्रदिप छाछेड, कानुन व्यवसायी ध्रुब बस्याल,अधिकारकर्मी भोला महत र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी रहनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण