गृहपृष्ठ » खेलकुद, मुख्य समाचारराष्ट्रिय लिग : आर्मी र थ्री स्टार बराबरीमा

राष्ट्रिय लिग : आर्मी र थ्री स्टार बराबरीमा

October 1, 2015३३२ पटक

काठमाडौं, असोज १४ – राष्ट्रिय लिग फुटबलमा नेपाल आर्मी र थ्री स्टार क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोमा एक एक गोलको बराबरी खेल्दै आर्मी र थ्रीस्टारले अंक बाँडेका हुन् ।

टेकबहादुर बुढाथोकीले २५ मिनेटमा गोल गर्दै आर्मीलई अग्रता दिलाएपनि ३९ औ मिनेटमा सागर थापाले थ्रीस्टारका लागि बराबरी गोल फर्काए । यो बराबरीपछि थ्री स्टार २३ अंकसहित दोश्रो र आर्मी २१ अंकसति तेश्रो स्थानमा छ  ।

यी दुई क्लवले समान १२ खेल खेलका छन् । १३ खेल खेलेको झापा ११ भने २४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । चौथो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लवको ११ खेलबाट १९ अंक मात्र छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण