गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, विशेष, समचारएक सिलिण्डर ग्यासको ५ हजार लिने ग्यास बिक्रेता पक्राउ

एक सिलिण्डर ग्यासको ५ हजार लिने ग्यास बिक्रेता पक्राउ

October 1, 2015४८६ पटक

चितवन, असोज १४ – जिल्ला प्रहरी कार्यालय चितवनले खाना पकाउने ग्यास कालोबजारी गरेर महंगोमा विक्री गरेको भन्दै दुई जनालाई पक्राउ गरेको छ ।

चिततवन ग्यास प्रालिका संचालक कृष्णप्रसाद सापकोटा र डिपी सप्लायर्सका संचालक ध्रुवप्रसाद पौडेललाई प्रहरीले पक्रेको हो । उनीहरुलाई प्रतिसिलिण्डर पाँच हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सापकोटालाई आफनै घरमा लुकाई राखेको १० सिलिण्डर ग्यास र पौडेलले पसलमा लुकाई राखेको ५ सिलिण्डर ग्यास बरामद गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवै जना उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गतको अभियोगमा कालो बजार अपराध शीर्षकमा मुद्दा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप लिई दुवै अभियुक्तहरुलाई प्रहरी हिरासतमा राखी आबश्यक अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण