गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारपहाडमा बस्ने मधेसी भन्छन्, ‘मधेसी दलमा अलिकति पनि राष्ट्रवाद छ भने नाकाबन्दीको विरोधमा उभिनु पर्छ’

पहाडमा बस्ने मधेसी भन्छन्, ‘मधेसी दलमा अलिकति पनि राष्ट्रवाद छ भने नाकाबन्दीको विरोधमा उभिनु पर्छ’

October 2, 2015२९१ पटक

दैलेख, १५ असोज । हक अधिकारका नाउँमा तराई–मधेसमा दिनहुँ भइरहेको तनावलाई लिएर यहाँ कर्मथलो बनाएका त्यस क्षेत्रका नागरिकले चिन्ता व्यक्त गरेका छन् । डेढ महिनादेखि तराई मधेस अशान्त रहेकाले मधेसी र पहाडियाबीचको साम्प्रदायिक सम्बन्ध खल्बलिने खतरा निम्तिनुका साथै भारतले ढुवानीमा लगाएको नाकाबन्दीले मुलुक स्वाधीन अस्तित्व संकटमा परेको बताएका छन् । बाँकेको नेपालगञ्ज घर भई ११ बर्षदेखि दैलेखमा कपडा पसल गर्दै आएका राजन वैशले भने, ‘हाम्रो मधेसवादी दलका नेता सच्चा राष्ट्रवादी हुन् भने भारतले गरेको नाकाबन्दीको विरोधमा उत्रिनुपर्छ । यो त सहन सक्ने कुनै भएन ।’ त्यस्त, महोत्तरीको सरपल्लो स्थायी घर भई दैलेखमा ३८ बर्षदेखि शैलुन व्यावसायी गर्दै आएका रामशरण ठाकुरको पनि समस्या समाधानका लागि सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चा अब पनि वार्तामा नबस्ने हो भने मुलुकले ठूलो क्षति बेहोर्नुपर्ने बुझाइ छ । तराईमा पहाडीया सुरक्षित भएमात्रै आफूहरु सुरक्षित हुने भन्दै राजनीतिक अधिकार प्राप्तिका नाउँमा जातीय, साम्प्रदायिक सद्भाव खल्बलिनु नहुने र सद्भाव कायम गर्न सबै एकजुट हुनुपर्ने उनीहरुको भनाइ छ । कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण