गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिमाधव नेपाल भन्छन्, ‘नाकाबन्दी गर्दैमा हामी भारतसँग झुक्दैनौं’

माधव नेपाल भन्छन्, ‘नाकाबन्दी गर्दैमा हामी भारतसँग झुक्दैनौं’

October 2, 2015२८४ पटक

madhav kumar nepal

रौतहट, १५ असोज–
अहिले मुलुक समस्यामा छ । नाकाबन्दी लागेको छ । काठमाण्डु र मुलुकका सबै भागमा नाकाबन्दीको पीडा छ । समाधान के त ?
नाकाबन्दीको कुरा गलत हो । नाकाबन्दीको आधारमा हामी कुनै कुरा गर्दैनौँ । यो कुरा बुझ्नुपर्छ नाकाबन्दी सामु हामी झुक्दैनौँ । यस्ता कुरामा झुक्न नेपाली स्वाभिमानले दिँदैन । यस्तो गर्न पनि हुँदैन । भारतप्रति हाम्रो जुन विश्वास छ, हामी सुसम्बन्ध कायम गर्न चाहान्छौँ । नेपाली जनताको पीडा भारतले बुझ्नुपर्छ । कुनै बहाना बनाएर होइन, औपचारिकता पूरा गरेर होइन, नाकाबन्दी पूरै हटाउनुपर्छ । आन्दोलनमा उत्रेकाहरुलाई आन्दोलन नगर, शान्तिपूर्ण ढंगले कुराकानी गर्नुपर्छ भन्ने हिसाबले प्रस्तुत हुनुपर्छ । अरु केही मिलाउनुपर्ने, सम्झाउनुपर्ने कुरा छन् भने, एकले अर्कालाई चित्त बुझाउनुपर्ने कुरा छन् भने ठूला भनिएका दलहरुले अहंकार नराखी लचिलो भएर समाधानका निम्ति अग्रसर हुनुपर्छ ।
नाकाबन्दी त हामीले गरेको हो, भारतले होइन भनीरहेका छन् नि मधेसी मोर्चाका नेताहरु ?
त्यो हुँदै होइन । भैरहवाको नाकामा कोही मान्छे छैनन् । काकडभिट्टाको नाकामा कोही मान्छे नै छैनन्, ती दुवै ठाउँमा आन्दोलनकारीका मान्छे छैनन् । विराटनगरकै नाकामा कोही मान्छै बसेका छैनन् । नेपालगञ्जमा कोही बसेका छैनन् । त्यहाँ त यताबाट नाकाबन्दी छैन । यताबाट के को नाकाबन्दी ?
(नागरिक दैनिकमा प्रकाशित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगको अन्तर्वार्ताबाट)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण