गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारकालोबजारी गर्ने दुई पक्राउ, १५ सिलिन्डर ग्यास बरामद

कालोबजारी गर्ने दुई पक्राउ, १५ सिलिन्डर ग्यास बरामद

October 2, 2015२२७ पटक

चितवन, १५ असोज– खाना पकाउने ग्यासको अभाव भएको अवस्थाको गलत फाइदा उठाई बालोबजारी गरेको आरोपमा चितवनमा दुईजना ग्यास विक्रेता पक्राउ परेका छन् ।

LP-gas-cilinder

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनीहरुलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा भरतपुर– ६ बस्ने ५१ वर्षीय कृष्णप्रसाद सापकोटा र भरतपुर– १० स्थित डिपी सप्लायर्सका सञ्चालक ध्रुव पौडेल रहेका छन् ।

चितवन ग्यास प्रालिका सञ्चालक कृष्णप्रसाद सापकोटाले आफ्नो घरमा ग्यास लुकाएर राखी कालो बजारी गरी बजार मूल्यभन्दा महँगो मूल्यमा बिक्री गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रतिसिलिन्डर पाँच हजारका दरले बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा छापा मार्दा ग्यास वितरण गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

सो क्रममा लुकाई राखेको ग्यास सिलिन्डर १० थान बरामद गरी ल्याइएको प्रहरीले जनाएको छ । यस्तै ध्रुव पौडेलले पनि कालोबजारीमा ग्यास बिक्री गरिरहेको अवस्थामा फेला पारी पाँच सिलिन्डर ग्याससमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कालोबजारीअन्तर्गत म्याद थप गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण