पाल्पास्थित इन्भेस्टमेन्ट बैंकमा आगलागी
पाल्पा तानसेनस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमा आगलागी भएको छ। बिहान ११ बजेदेखि बैंकमा आगलगी भएको बैंकका शाखा प्रबन्धक बाबुराम कँडेलले बताएका छन्। उनका अनुसार कार्यलयभित्र आगो दन्किरहेको छ। निभाउने प्रयास पनि जारी रहेको उनले बताए। के कारणले आगलागी भएको हो खुल्न नसकेको बताईएको छ ।