गृहपृष्ठ » मुख्य समाचार, समचारझन्डै दुई सय हेक्टर वनक्षेत्र अतिक्रमण

झन्डै दुई सय हेक्टर वनक्षेत्र अतिक्रमण

October 2, 2015१३५ पटक

अछाम, १५ असोज ।।
जिल्लामा झन्डै दुई सय हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ । जिल्लाका विभिन्न रेञ्जपोष्टअन्तर्गत सरकारी तह, संस्थागत र व्यक्तिगत रुपमा वन अतिक्रमण भएको जिल्ला वन कार्यालय अछामले जनाएको छ ।
अछाममा कुल ८७ हजार २०० हेक्टर वनक्षेत्र रहेकामा सरकारी कार्यालयबाट ३५, संस्थागत ४५, बजारक्षेत्रमा १८, विद्यालयबाट १६ र व्यक्तिगत तथा बाढी पहिरोपीडितबाट ८६ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेका छन् ।
वनक्षेत्र अतिक्रमण सबैभन्दा बढी मङ्गलसेनको पालेवन, ढकारी, कमलबजार, ठाँटी र शान्तडामा भएको छ । अतिक्रमित वनक्षेत्रमध्ये सबै ठाउँमा विगत द्वन्द्वकालभन्दा अगाडि संरचना निर्माण भइसकेको पाइएकाले जिल्ला वन कार्यालयलाई अहिले समस्या भइरहेको निमित्त जिल्ला वन अधिकृत खुदु्रस मियाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण