गृहपृष्ठ » मुख्य समाचार, शिक्षास्मरण शक्ति गुमाएकाको उपचारका लागि नयाँ उपकरणको अविश्कार

स्मरण शक्ति गुमाएकाको उपचारका लागि नयाँ उपकरणको अविश्कार

October 2, 2015२५८ पटक

140902121835_brain_male_human_624x351_thinkstock

एजेन्सी– वैज्ञानिकहरुले दिमागको एक अंशलाई विस्थापित गर्ने एउटा नयाँ उपकरण पत्ता लगाएका छन् । दिमागको कुनै अंश काम नलाग्ने गरी गम्भीर क्षति भएमा वा त्यसलाई विस्थापन गर्नु परेमा यो उपकरण सहयोगी सिद्ध हुने दाबी गरिएको छ । कुनै चोटका कारण स्मरण शक्ति गुमाएका मानिसहरुलाई पनि यस नयाँ अविश्कारले सहयोग मिल्नेछ । अविश्कार गरिएको विस्थापन गर्न मिल्ने अंग (उपकरण) मा संवाहकको एउटा अंश राखिएको हुन्छ जसलाई दिमागभित्र सुरक्षित रुपमा राख्न सकिन्छ । यस नयाँ उपकरण प्रयोगशालामा जनावरहरुमा राम्रो प्रयोग भएको तर अहिले मानिसमा परीक्षण गरिएको जनाइएको छ । एउटा नयाँ नियममा आधारित यस उपकरणको विकास युनिर्भसिटी अफ साउर्दन क्यालिफोर्नियामा गरिएको हो भने उत्तरी क्यालिफोर्नियाको एउटा स्वास्थ्य केन्द्रमा परीक्षण गरिएको हो । चेतनशिल विषय प्राप्त गर्नेवित्तिकै दिमागले एउटा जटिल विद्युतीय संकेतको रुपमा एउटा स्मरण सिर्जना गर्छ । त्यसपछि स्नायु संरचनाको विभिन्न भाग हुँदै यो स्मरण दिमागको मुख्य स्मरण केन्द्रसम्म पुग्ने गर्छ । भण्डारणका लागि अन्तिम क्षेत्रसँग नपुग्ने बेलासम्म संकेतमा परिर्बतन भइरहन्छ । दिमागको कुनै क्षेत्रमा कुनै क्षति भएमा सो संकेत परिर्बतन हुन बाट रोकिन्छ र दीर्घकालिन स्मरण नहने सम्भावना हुन्छ । सोही कारण डिमेन्सिया लगायतका बिरामीले विगतको सबै कुरा भुल्ने गर्छन् । त्यस्तै अल्जाइमरका रोगीहरुको हकमा भने धेरै पुराना कुरा मात्र सम्झिन्छन् किनकी दिमागमा क्षति हुनुअघिका कुरा सम्झिन्छन् । तर नयाँ कुरा पछिसम्म सम्झिन सक्दैनन् । नयाँ अविष्कार यी दुवै खालका बिरामीका लागि लाभदायी हुने प्रक्षेपण गरिएको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण