गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचारमहिलाका ब्रा समेत चोरे

महिलाका ब्रा समेत चोरे

August 6, 2015४६४ पटक

गुल्मी, साउन 21।
गत असार महिनामा रेसुङ्गा नगरपालिका १०, उपल्लो तम्घास घर भई जिल्ला प्रशासन कार्यालयका कर्मचारी पुण्यप्रसाद पन्थीको घरमा एउटा अनौठो खालको चोरी भयो । साँझ भान्छा कोठामा खाना खाई दुई वटै ढोका बन्द गरेर सुत्न गएका पन्थी परिवारले विहान जस्ताको त्यस्तै उक्त कोठामा लगाईएको ताला खोले । दलान देखि भित्र कोठा सम्म कुनै दाग छैन् ।

सवै भाँडा–कुँडा , राखन–धरान यथास्थानमा छन् । तर जम्म एउटा ग्याँस र चुलो छैन् । प्रत्यक्षदर्शी यस समाचारदाता समेत कसरी चोरी भए होला भनेर छक्क परेको थियो । ढोका वाहेक भित्र जाने ठाउँ कतैबाट छैन् । मात्र त्यहाँ अनुमान गर्न सकिन्यो चाँवी मिलाएर ताला खोले होला । फेरी ताला पनि लगाएकै अवस्थामा छ । पन्थी विहानै आए प्रहरीमा उजुरी दिन तर अहिले सम्म त्यो चोर पत्ता लगाउन सकेको छैन् प्रहरीले । बढो चकित र अशुुरक्षित भएको गुनासो गर्छन् जनतालाई सुरक्षा दिने निकायकै कर्मचारी पन्थी ।

ठिक जिल्ला प्रहरी कार्यालयकै पछाडी घर भएका एमबहादुर रानाको घरबाट डेढ महिना अघि वाल्टी र वकेट चोरी भयो । उनैको कोखाको घरमा डेरा गर्ने शर्मिला थापाको बाँटा, डेक्सी लगायतको सामान चोरी भयो । त्यही भाडामा बस्ने हार्दिका श्रेष्ठको पनि पाईन्ट–शर्ट र मोजा समेत चोरी भएको राना बताउँ छन् । सोही ठाउँमा डेरा गर्ने मनोज पल्लीको पनि पाईन्ट र शर्ट हरायो । सदरमुकाम तम्घास जहाँ प्रहरीले गचौविसै घण्टा गस्ती गर्छ तर यहि स्थानमा प्राय धेरै जसो चोरीका घटना भएका छन् । कसैका सुन हराएका छन् । कसैका कपडा–लत्ता, भाँडा कुडा र कसैका नगद समेत हराएको छ ।

दुई वर्ष अघि तम्घासकै भिमचोक जस्तो प्रहरीको गस्ती भई रहने ठाउँमा तिन वटा सुन चाँदी पसले फोरिए । यि त वाहिर आएका प्रतिनिधी मुलक घटना मात्रै हुन् । तिन वर्ष अघि तम्घासकै खानीगाउँ जहाँ हाडहाडे टोल पनि भनिन्छ । जहाँ एउटै व्यक्तिको घरबाट २२ तोला सुन चोरी भयो । ‘त्यति बेला दशैंको वेला थियो हामी सबै घर घएका थियौं ’–त्यस हाडहाडे टोलकी देवि रानाले भनिन्–‘ प्रहरीमा उजुरी दिएका हौं क्यारे चोर अहिले सम्म पत्ता लाग्न सकेन् । ’

सदरमुकाम भित्रै यस्तो असुरुक्षा, यस्तो चोरी । प्रहरीले के हेरेर बसेको छ त ? यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हिमालयकुमार श्रेष्ठ सम्पर्क राख्दा उनले सदरमुकाममा चोरीका घटना बढ्दो नभई फट्टेफुट्टे मात्रै भएको बताए । ‘ पक्कै पनि सदरमुकाममा विभिन्न स्थानबाट आउने मानिसको चाँप बढे पछि चोरीका घटना हुनु स्वभाविकै हो –उनले भने–‘ तर हामीले चोर पत्ता लगानउनका लागि रणनीति नै बदलेर सिभिल ड्रेशमा गस्ती गराएका छौं र केहि चोरी अभियोगीलाई पक्राउ पनि गरेका छौ ।

श्रेष्ठले तिन महिना अघि चोरी घटनामा संलग्नलाई हालै पक्राउ गरिएको जनाकारी दिए । उनले पुराना घटनालाई पनि गम्भीरुपले अनुसन्धान गर्ने आगमी दिनमा पनि चोरी लगायतको अपराधिक घटनाबाट जनतालाई सुरक्षाको प्रत्याभुति दिने प्रतिवद्धता समेत जनाए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण