जापानमा बस्ने नेपालीले भारतको नाकाबन्दी खुलाउन यसो भने
जापान, १३ असोज– भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालतर्फको निकासीमा रोक लगाएको भन्दै जापानमा रहेका नेपालीहरुले भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने भएका छन् ।
भारतको नाकाकन्दीका कारण पेट्रोलियम पदार्थको संकट हुनुका साथै नाकाबन्दी जारी रहे केही दिनमा खाध्यान्न, औषधीलगायत विभिन्न अत्यावश्यक सामाग्रीको पनि अभाव हुने भन्दै भारत सरकारको ध्यानाकर्षण गर्न लगिएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले बताए ।
नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफैं लेखेको संविधानप्रति असहमति जनाउँदै भारतले नाकाबन्दी गरेको भन्दै भट्टले तत्काल नाकाबन्दी हटाएर छिमेकीको हिसाबले नेपाललाई सहयोग गर्न आग्रह गरेका छन् ।
‘संविधान जारी भएपछि उत्पन्न समस्याको तत्काल सामाधान गरी अन्तर्राष्ट्रिय कानुन, क्षेत्रिय तथा द्विपक्षिय सन्धि सम्झौता एवम् दुई देशबीचको सम्बन्धको सम्मान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा आग्रह गरिएको हो’ भट्टद्धारा जारी गरीएको विज्ञप्तीम उल्लेख छ ।
भूपरिबेष्ठित राष्ट्रका आफ्नै विशिष्ठ अधिकारहरु रहेको र प्रत्येक राष्ट्रले त्यसको सम्मान गर्नुपर्ने ज्ञापन पत्रमा स्मरण गराइएको छ ।
झण्डै ४५ हजारको संख्यामा रहेका नेपाली तथा तिनको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ जापान, जापानस्थित नेपाली जनसम्पर्क समिति, प्रबासि नेपाली संगठन, नेपाल जन प्रगतिशिल मोर्चा, नेपाल जनजाती महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली व्यवसायी संगठन, नेपाली विद्यार्थी संघ लगायत ५० भन्दा बढी संस्थाहरुका तर्फबाट ज्ञापनपत्र बुझाउन लागिएको हो ।