गृहपृष्ठ » अन्तर्वार्ता, बिचार/ब्लगप्रचण्डले पद त्यागे बाबुराम पार्टीमा फर्कन तयार छन्

प्रचण्डले पद त्यागे बाबुराम पार्टीमा फर्कन तयार छन्

October 2, 2015५७३ पटक

-देवेन्द्र पौडेल- स्थायी समिति सदस्य, एनेकपा माओवादी

Devendra_Poudel_[1]

एकीकृत माओवादीको औचित्य सकिएको निष्कर्षसहित बाबुराम भट्टराईले

पार्टीको साधारण सदस्य र व्यवस्थापिका–संसदको सदस्य एकैसाथ त्यागे ।

उनको कदम असान्दर्भिक, अस्वभाविक र आश्चर्यजनक भन्दै पार्टीभित्र र

बाहिरबाट समेत चर्को आलोचना भइरहेको छ । एमाओवादीको केन्द्रीय

समिति बैठकले भट्टराईको कदम बेठीक रहेको निष्कर्षसहित पुनः पार्टीमा

फर्कन आग्रह गरेको छ । भट्टराईको पार्टी परित्याग र समग्र माओवादी

आन्दोलनको भविष्यबारे बाबुराम निकट एमाओवादी स्थायी कमिटी सदस्य

देवेन्द्र पौडेलसँगको कुराकानी 

 

 

पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

एकीकृत माओवादी त्यागेको घोषणा

बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गनर््ुभयो, यसलाई कसरी लिन्ुभएको छ ?

विधि र समयको हिसाबले ठीक भएन कि भन्ने लागेको छ । समग्र शृंखलामा

उहाँले जुन विचार, तरिका र पार्टीको शैलीमा कहीं न कहीं तादात्म्यता

मिलेको छैन । त्यसकारण उहाँले आफ्नो क्षमता र प्रतिभाको प्रयोग गरी

यो पार्टीबाट जसरी पहल गर्न पाउनुपर्छ भन्ने चाहनुभएको थियो । सायद

त्यो सम्भव नदेखेर उहाँले पार्टी परित्याग गर्नुभएको होला ।

 

बाबुरामले देश, जनता, कार्यकर्ता र प्रचण्डलाई धोका दिएको भन्ने आरोप

छ नि ?

 

 

धोका दिनुभएको छैन । स्टेप मिलाउनुभएन । उहाँले लिएको स्टेपप्रति

मेरो पनि आलोचना छ । सरसल्लाह गरेर कदम चालेको भए हुन्थ्यो । तर

उहाँले वैयक्तिक स्वतन्त्रता प्रयोग गुर्नुभएको हो । अहिले उठाएका मुद्दा

र प्रश्न छाड्नुभयो भने बेइमानी र धोका दिएको ठहर्छ । पार्टी

भनेको साधन मात्र हो । पार्टीमा आवद्ध भएर मात्रै देश र जनताको सेवा गर्न

सकिन्छ भन्ने साँचो होइन । कुनै पनि स्वतन्त्र नागरिकले समेत फरक

प्रकारले देश र जनताका निम्ति भूमिका निर्वाह गर्न सक्छ । आजकै दिनमा देश,

जनता, पार्टी र क्रान्ति सबैलाई बाबुरामले धोका दिएको र गद्धारी

गरेको कसैले भन्छ भने त्यो सरासर गलत हो । उहाँले उत्पीडित जाति, वर्ग,

क्षेत्र, र परिवपर्तनप्रति झन् सक्रिय भएर लाग्छु भनेका हुनाले धोका

भन्ने शब्द प्रयोग गर्न चाहन्न । पार्टीको जनवादी, केन्द्रीयता, विधि,

पद्धति र समय सन्दर्भ मिलेन भन्ने कुरा चाहिं सही छ ।

 

तपाईंहरु लामो समय उहाँसँग नजिक रहेर काम गर्नुभयो र पार्टीभित्र

अप्ठेरो परेका बेला सहयोग गर्दै आउनुभयो । यो कदम चाल्नुअघि

सरसल्लाह गर्नुभयो कि भएन ?

पत्रकार सम्मेलनको मिति र समय नै तोकेर उहाँले पार्टी परित्याग गर्छु

भन्नुभएन । तर त्यसको जनाउ पहिल्यै दिइसक्नुभएको थियो । केही न

केही नयाँ स्टेप लिनुपर्ने हुन्छ भन्दै आउनुभएको थियो । किनकी

उहाँलाई थाहा थियो जानकारी गराउनुभएको भए हामीले रोक्न

सक्थ्यौं । किनकी जनाउ दिने बेलामै हामीले पार्टीको केन्द्रीय

समितिमा पहिला आफ्ना कुरा राख्नुपर्छ भनेका थियौं । उहाँले त्यो

कोर्षबाट जान चाहनुभएन ।

 

तपाईंले नै भन्नुभयो कि बाबुरामले गलत समय रोज्नुभयो । तपाईंको

विचारमा पार्टी परित्यागका लागि अहिलेकै समय राज्नुको कारण के होला ?

उहाँले पछिल्लो डेढ÷दुई हप्ता बाहिर जुन आरोप सहनुभयो म त्यसको

दुढतापूर्वक खण्डन गर्न चाहन्छु । नेपाली मिडिया र अझ सामाजिक

सञ्जालमार्फत बाबुरामले संविधान बनाउन नचाहेको र संविधानमा कहीं न

कहीं विरोध गरेको भन्ने आरोप लगाइयो । त्यो सयमा सय गलत आरोप

हो । त्यसमा कुनै सत्यता छैन । उहाँ नै संविधानसभाबाट संविधान

बनाउनुपर्छ भन्ने व्यक्ति हो र सबै विवाद हल गरेर आजै संविधानसभामा

पेश गर्नुपर्छ भनेर पटकपटक प्रस्ताव गर्ने व्यक्ति उहाँ हो । दोश्रो

तराई–मधेस, थारु र जनजातिका मुद्धालाई तादाम्यता मिलेको भन्दै

भारतसँग जोडेर प्रचार गर्न खोजियो । त्यसको पनि म दृढतापूर्वक खण्डन

गर्न चाहन्छु । मैले झण्डै ३० वर्षसम्म उहाँको संगत गरें । संगतका

आधारमा प्रष्ट भन्न चाहन्छु कि उहाँले सुगौलि सन्धिको विरोध २०४६,

०४८, चुनवाङ हुँदै अस्तिको वक्तव्यसम्म आउँदा उहाँले भारतीय

हस्तक्षेपकारी नीतिको विरोध गर्नुभएको छ । बरु म प्रष्ट पार्न चाहन्छु कि

हाम्रो पार्टीले संस्थागत रुपमा मधेसलाई नारायणीपूर्व एउटा र

नारायणी पश्चिमको भूगोललाई अर्को प्रदेशका रुपमा निर्णय गरेको

थियो । बाबुरामजी त्यसमा अडिने प्रयास गर्नुभयो । जसले त्यो कुरा

हुँदैन भनेका थिए उनीहरुसँग उहाँको वैचारिक बहस परेको थियो ।

उदाहरणका निम्ति शेरबहादुर देउवा र भीम रावल । पार्टी निर्णयको पक्षमा

दृढतापूर्वक उभिँदा उहाँमाथि गलत प्रकारको आरोप लगाइयो ।

 

बाबुरामका भनाइ, गराई र एकपछि अर्को गरेर सामाजिक सञ्जालमार्फत

व्यक्त गरेका विचार ती आरोपका लागि जिम्मेवार थिएनन् भन्ने

ठान्नुहुन्छ ?

उहाँले सामाजिक सञ्जालमार्फत आफ्ना केही कुरा राख्नुभएको छ ।

त्यसमा बढी चर्चा भएको ‘२४ घण्टाभित्र नेपालको सार्वभौमिकता र

अखण्डता कस्तो रहने फैसला हुन्छ’ भन्ने कुरा हो । त्यसलाई बंग्याएर

प्रचार गरियो । त्यसलाई आधार बनाएर भारतकै प्रतिनिधिका रुपमा चित्रण

गरियो । ‘रअ’ को भाषा बोल्नुभयो । उतै गइदिए हुन्छ भन्ने कुरा

गरेर अपमान गरियो । अझ यतिसम्म भनियो कि भारतीय राजदूत रञ्जित रेको

गाडीमा चढेर संविधान रोक्न अध्यक्ष प्रचण्डको निवासमा गएको जस्तो भ्रामक

प्रचारसम्म भयो । बिल्कुल निराधार र हुँदै नभएका कुरा गरेर नेपाली

समाजलाई भ्रमित पारियो । कुनै दिन नेपाली समाजले यो कुरा बुझ्ने छ

। उहाँमाथि लगाइएका यी कुनै पनि आरोपमा सत्यता छैन ।

 

उहाँमाथि पार्टीभित्रबाट कि बाहिरबाट आरोपित गरियो ?

पार्टी भित्र र बाहिर दुवैतिरबाट आरोप लगाइयो । तर आरोप कसैले पुष्टि गर्न

सकेको छैन । आरोप पुष्टि गरेर देखाउन मेरो चुनौती छ । उहाँले चुनवाङ

बैठकमै पनि भन्नुभएको थियो कि भारतले गरेको हस्तक्षेपको प्रतिरोध

गर्नुपर्छ तर खाल्डा खनेर भौतिक रुपमा लड्ने होइन । उहाँले निरन्तर

त्यही कुरा गर्दै आउनुभएको छ । सुगौधि सन्धियता भारतसँगको हाम्रो

सम्बन्ध तीतो रहँदै आयो । भारत र चीनजस्ता संवेशदशील मुलुकको बीचमा

रहेको नेपालले आर्थिक विकासका लागि पुलको काम गर्नुपर्छ भन्नु भएको छ

। पछि हाम्रो पार्टी अध्यक्षले पनि त्रिदेशीय साझेदारीको कुरा गर्नुभयो

। बरु अरु नेताहरुले अपडाउनको कुरा गरेका छन् । तर बाबुरामजीले भारत वा

चीनको बारेमा सन्तुलित विचार राख्दै आउनुभएको छ ।

 

बाबुराम समूहमा रहेका तपाईंहरु एमाओवादीको केन्द्रीय समिति बैठकमा

सहभागी भएको विषयलाई धेरैले अनौठो मानेका छन् । यो कसरी भयो ?

हामी अहिले पनि उहाँसँगको नियमित सम्पर्कमै छौं । केन्द्रीय समितिले

पार्टी परित्यागसम्बन्धी स्टेपको आलोचना गर्ने र निरन्तर

सकहार्यमाफर्त पार्टीमा फिर्ता ल्याउनका लागि पहल गर्ने भन्ने

संस्थागत निर्णय गरेको छ । उहाँका बारेमा सार्वजनिक रुपमा टिकाटिप्पणी

पनि नगर्ने भन्ने भएको छ । उहाँले भइरहेका माओवादीका ६ वटा

गुटमा अर्को सातौं गुट थपेर हामीलाई त्यसमा लगेर उभ्याउन

चाहनुभएन । यसलाई नेपालको बामपन्थी आन्दोलनको सकारात्मक पक्षका

रुपमा लिन सकिन्छ । पार्टी छाडेपछि पनि अध्यक्षसँग नियमित कुराकानी

भइरहेको छ । राजनीतिक संस्कारका हिसाबले निकै सकारात्मक कुरा हो ।

 

पार्टी परित्यागको घोषणका क्रममा बाबुराम भट्टराईले आफू जेएन

यू पढ्दासम्म काँग्रेस, कम्युनिष्ट केही थिइन भन्नुभयो । त्यसो भनेर

उहाँले गैरकम्युनिष्ट वा गैरमाक्र्सवादी पार्टी बनाउने कुरालाई संकेत

गर्न खोज्नुभएको हो ?

विगत केही समययता उहाँले नयाँ शक्तिको बहस गर्दै आउनुभएको छ ।

नेपालका लागि नयाँ शक्ति आवश्यक छ भन्नुभएको छ । तर नेतृत्व

आफैंले लिने कुरा गर्नुभएको छैन । भारतमा नरेन्द्र मोदी र अरविन्द

केजरीवालको उदयपछि नेपामा पनि समाजका अबका एजेण्डा सम्बोधन गर्न

सक्ने नेतृत्व, संगठन, चरित्र र अनुशासनसहितको पार्टी भइदिए हुन्थ्यो

भन्ने विचार राख्ने बामपन्थी र गैरबामपन्थीहरु छन् । त्यस्तो विचार

राख्नेहरुको चाहनाको सम्बोधन उहाँले गर्न खोज्नुभएको होला ।

 

एक जमाना थियो बाबुराम भट्टराईलाई धेरैले नेपाली राजनीतिमा

अँध्यारोको जुनकिरी ठानेका थिए । तर जनमतको ग्राफ ह्वात्तै घटेका

बेला उहाँले किन पार्टी छाड्नुभएको होला ?

ग्राफमा केही अप डाउन त भएकै छ । तर काठमाण्डुको मध्यमवर्गको

आँखाबाट र संविधान बनाउने क्रममा भएका बहसका आँखाले मात्र हेरियो

भने कताकता त्यो अवस्था देख्न सकिन्छ । तर यो भ्रममा पर्नु हुन्न कि नेपाल

भनेको काठमाण्डु मात्र होइन । नेपाल भनेको जनकपुर पनि हो । राजविराज

पनि हो । झापा पनि हो । भैरहवा पनि हो । नेपाल भनेको पाल्पा, रोल्पा

र कैलाली पनि हो । समग्रतामा मुस्लिम, महिला, दलित, मधेसी र थारु सहित जुन

वर्ग र समुदायको मुक्तिको कुरा उठाएका थियौं । ती जनताको

दिलदिमागबाट हेर्ने हो यहाँ जति आलोचना भएको छ त्यतातिर ग्राफ

बढेको छ । हेर्दै जानुस् उहाँले पिकअप लिने क्रम सुरु भइसकेको छ ।

 

पार्टी छाडेको घोषण गर्ने क्रममा उहाँले संविधानसभाको नारा

आफूले स्थापित गराएको, संविधानसभाका लागि पार्टीमा कारबाहीसमेत

भोगको तर जस पाइन भन्ने आशय व्यक्त भएको थियो । के त्यो सही हो?

नाटक जतिसुकै राम्रो भए पनि अन्तिममा मिलेन भने नमीठो र खल्लो महसुस

हुन्छ । ंमैले नाटकीय भनेर चर्चा गर्न खोजेको त होइन । तर कलाकारले

कला प्रस्तुत गर्दा ढंग पुगेन भने जतिसुकै सिप भए पनि त्यसको टिप्पणी

हुने गर्छ । विद्यार्थीले सोधेको प्रश्नको टकटक टकटक जवाफ दिन सकेन

भने उसँग जतिसुकै ज्ञान भए पनि रिजल्टले अर्कै बताउँछ । कला पु¥याउन

नजान्दा र प्रस्तुतिका कारणले संविधान जारी हुने क्रमको अन्तिम चरणमा

आउँदा शंका र अनुमान गर्ने ठाउँ उहाँले दिनुभयो । आफू विवाद

समाधान गर्ने ठाउँमा भएको हुनाले मधेसको असन्तुष्टि सम्बोधन गरेर

संविधान बनाऔं भन्दा गलत सन्देश गएको हो । पछिल्लो समय

मानिसहरुले विस्तारै कुरा बुझेको भए पनि ओनरसिप लिने कुरामा

चुक्नुभएको हो ।संविधानसभाबाट संविधान बनाउनुपर्छ भन्ने कुरा ००७

साल, ०१४ साल र ०१७ सालमा उठ्यो । संविधानसभाको मुद्धा धेरैले उठाए र

छाडे । पछिल्लो समयमा ‘साउण्डपूर्वक’ उठाएर समस्यौदा बनाएर, टुंगो

लगाएर संविधान जारी हुने अवस्थासम्म पु¥याउन विचलित नभइकन सबैभन्दा

बढी योगदान उहाँले नै गर्नुभएको छ । त्यसमा पार्टी अध्यक्षका नाताले

प्रचण्ड र अरु साथीहरुको पनि पहल र सहयोग छ । काँग्रेस–एमाले पनि

अन्तिममा त्यही एजेण्डामा आए । यसको समीक्षा इतिहासले गर्ला । तर

नेपालको इतिहासमा राजाले होइन, जनताका छोराछोरीले संविधान

बनाउनुपर्छ भनेर संघर्ष गर्ने व्यक्तिमध्ये बाबुराम भट्टराई

अग्रपंक्तिमै हुनुहुन्छ ।

 

संविधान निर्माणका क्रममा विवादमा फसेपछि नयाँ शक्ति जन्माउन पनि

नसक्ने र एमाओवादीको मुख्य नेतृत्व पनि नपाउने देखेपछि पार्टी

परित्याग गरेको भन्दा के होला ?

पछिल्लो केही समययता भइहरहेको बहालवाल पार्टीको नेतृत्व लिने कुरामा

उहाँले खासै रुची राखेको देखिँदैन । देशको प्रधानमन्त्री भइसकेको र

लामो समयसम्म माओवादी पार्टीको शीर्ष नेतृत्व तहमा बसेर काम

गरिसक्नुभयो । एण्टी करेण्टजस्तो नभइकन भन्ने हो भने साँचो कुरा के

हो भने अध्यक्ष प्रचण्डपछि एमाओवादीको स्वतः नेतृत्व उहाँ नै हो,

त्यसको अर्को विकल्पै छैन । तर उहाँले वृहद नयाँ प्रकारको सामाजिक,

आर्थिक समृद्धि र समाजवादी क्रान्तिको खाकासहितको पार्टी निर्माणको

परिकल्पना गर्नुभएको छ । लथालिंग अवस्थामा रहेको अहिलेकै पार्टीको

जनवादी केन्दीयता र बहस छलफलको घेराभित्रबाट मात्रै त्यो दिशामा

पुग्न सकिन्न भन्ने उहाँलाई लागेको छ ।

 

नेपालमा परम्परागत खालको कम्युनिष्ट पार्टीको नेतृत्वमा आन्दोलन

उठ्न नसक्ने भएकाले अर्कै नाम दिएर पार्टी बनाउन खोज्नुभएको ?

‘लेफ्टिस्ट बेस र त्यसको दर्शनलाई अधार मान्दै आर्थिक, समृद्धि,

सामाजिक रुपान्तरण र सामाजिक क्रान्तिसहितको सम्बोधन गर्न सक्ने फरक

प्रकृतिको पार्टी निर्माण गर्नुपर्छ भन्ने उहाँको मनोविज्ञान छ । नयाँ

ध्रुवीकरणको तरिकाद्वारा त्यस दिशामा जानुपर्छ । हामीले भनेकैजस्तो नभए

पनि नेपालको विशिष्ट सन्दर्भमा लङ्गडो प्रकारको पुँजिवादी जनवादी

क्रान्ति सम्पन्न भइसकेको छ । त्यसैले अब गर्ने भनेको समाजवादी

क्रान्ति हो । त्यसका निम्ति, संगठन, विचार, कार्यशैली, सोच र तरिका

अहिलेको ढंगले होइन । बदलेर अगाडि बढ्नुपर्छ भन्ने उहाँको कुरा

हो ।

 

बाबुरामजस्तो संकीर्ण, व्यक्तिवादी, अन्तरमुखी र सानो घेरामा बस्न

रमाउने व्यक्तिले पार्टी बनाउन र हाँक्न सक्दैनन् भन्नेहरु धेरै छन्

नि ?

यो हाम्रै पार्टीभित्रका एकथरिले विगतदेखि नै लगाउँदै आएको आरोप हो

। बाबुरामसँग प्रमुख व्यक्ति भएर पार्टी चलाएको अनुभव छैन । तर, यो

कुरा साँचो हो कि उहाँहरु समेत सबै भएर माओवादी आन्दोलनलाई

यहाँसम्म ल्याउनुभएको हो । माओवादी आन्दोलन तीन चरणबाट

गुज्रियो । पहिलो विचार निर्माणको चरण थियो । त्यो सानो शक्तिले

मिहेनत गरेर वैचारिक प्रष्टता कायम गर्ने चरण थियो । दोश्रो त्यसलाई

संगठनात्मक र संघर्षमा अभिव्यक्त गरेर उभार ल्याउने चरण थियो ।

माओवादी आन्दोलन अहिले तेश्रो चरणमा छ । यो विघटन र विचलनको

चरणजस्तो छ । कोही पनि आकर्षणमा छैन । हाम्रो पार्टीभित्र एउटा प्रवृत्ति

छ । आफैंलाई मात्र स्वघोषित संस्थापक ठान्ने र अरु सबै त्यसैको वर्चस्वमा

रहनुपर्छ भन्ने मनोवृत्ति छ । उदाहरणका निम्ति रामचन्द्र झा

हुँदाखाँदाको ठूलै पार्टीको स्प्रिट छाडेर एमाओवादीमा आउनुभयो ।

हामीले जुन प्रकारको सम्मान गर्नसक्नुपथ्र्यो, त्यो गर्न सकेनौं ।

बाबुराम जहिले पनि आफैं यो पार्टीको संस्थापक हो । तर एकथरिले

बाबुरामलाई कहिल्यै पनि संस्थापक होइन भनेर प्रताडित गरियो । सत्य के

हो भने बाबुरामसहितको फाउण्डर टिमले नै माओवादी आन्दोलन

हाँकेको हो ।

 

बाबुरामले एमाओवादीको औचित्य सकिएको घोषणा गर्नुभयो, तपाईं

त्यही पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुनुभयो कसरी ?

पार्टीको औचित्य सकिएको निष्कर्षमा पुगेको भए उहाँले जस्तै मैले पनि

विज्ञप्ति निकालिसक्थें । पार्टीको संगठनात्मक जीवन अस्तव्यस्त र गञ्जागोल

छ । साथीहरु हुनुहुन्छ तर प्रणाली चुस्त छैन । पार्टी भन्ने बित्तिकै लक्ष्य,

उद्देश्य र समर्पण भाव हुनुपर्छ । त्यो स्खलित भएको छ । तेश्रो पार्टीमा

संस्कार, संस्कृति र आचरण हुनुपर्छ । यी तीन चिज नभएको पार्टी जनताको

पार्टी हुन सक्दैन । यो. पार्टी पार्टीको हैसियतमा त छ । तर यस्तै रुपमा

राखेर नयाँ आकर्षण पैदा हुने अवस्था देख्दिन ।

 

तपाईंको कुरा सुन्दा यो पार्टीमा धेरै समय रहनुहुन्छ जस्तो लागेन ।

अब बाबुरामको अभियानलाई खुलेर कहिले समर्थन गर्नुहुन्छ ?

हामी उहाँलाई साथ दिन्छौं । उहाँले हामीलाई जाऔं

भन्नुभएको पनि छैन । हामीले अलग गरौं भनेका पनि छैनौं । जनताले

बाहिर ६ वटा माओवादी देखिसकेका छन् । बाबुरामजीको नेतृत्वमा सातौं

माओवादी बनाउने रुची र चाहना छैन । उद्देश्य पनि त्यो होइन । भंग वा

विघटन भन्दा अर्को अर्थ लाग्ला । तर सबै माओवादीलाई यो वा त्यो

रुपमा ‘सिफ्ट’ गरेर देश र जनताको साधन र साध्यको सम्बोन गर्न

सक्ने नयाँ धार बनाउने परिकल्पनामा हामी छौं ।

 

बाबुरामले तपाईंहरुका लागि नयाँ घर नबन्दासम्म एकीकृत माओवादीमै

रहन भन्नुभएको छ हो ?

बाबुरामजीले भित्रै बसेर छलफल बहस चलाउन अप्ठेरो भएको फिल

गर्नुभयो । छलफल बहसका कारणले मलाई सधैं पार्टीभित्र स्थायी

प्रतिपक्ष र गुटका रुपमा बुझ्ने काम भयो । त्यसैले साँघुरो घेरा छाडेर

बाहिरैबाट छलफल, बहस र भेटघाट चलाउँछु, तपाईंहरु भित्रै बसेर

छलफल बहस चलाउनुस् छुट्टै पार्टी बनाउने पक्षमा म छैन भन्नुभएको

छ । नेपाली बामपन्थी आन्दोलनमा बाबुरामजीको यो फरक स्टेप हो ।

 

त्यसो भए बाबुरामलाई फेरि एमाओवादीमा फिर्ता ल्याउन चाहनुहुन्छ ?

यो पार्टी अहिलेकै अवस्थामा रहँदासम्म फर्कनुस् भन्न सकिँदैन । मैले

अघि पनि ‘सिफ्ट’ को कुरा गरें । छरिएर रहेका माओवादीहरु, अरु

शक्तिहरु वा हाम्रै पार्टीको शैली संस्कार बदलेर कुनै न कुनै अध्यायमा

तपाईंले उठाएका यी–यी विषयमा हामी समर्पित भयौं तपाईंले

चाहेको के हो मिल्छ भने सँगै जाऔं भन्यौं भने सकारात्मक वातावरण

बन्न सक्छ ।

 

बाबुराम भट्टराई फेरि एमाओवादीमा फर्कने सम्भावना छ कि छैन ?

सम्भावना छ । मैले त्यो प्रष्ट सम्भावना देख्छु । किनभने बाबुरामजीले जुन

मिसनका निम्ति संघर्ष गर्नुभएको हो त्यो बिर्सनुभएको छैन । कसैले

उक्साएको भरमा उत्तेजनामा आएर थारुहरुका मागका पक्षमा अडान लिनुभएको

होइन । मधेसी, थारु, मुस्लिम, दलित, महिला उत्पीडित र वर्ग समुदायका

निम्ति लुड्नुभएको थियो । विगतमा जसका लागि लडेको हुँ त्यही पक्षमा छु

भन्नुभएको छ । त्यसकारण बाबुरामजी पार्टीमा फर्कनेमा आशावादी छु ।

 

पुराका पुरा विश्वस्त हुनुहुन्छ ?

हो म विश्वस्त छु । उहाँलाई जुन रुपमा त्रिचण गरिन्थ्यो प्रकारान्तरणले

त्यो चिरिएको छ । बाबुराम मध्यमवर्गको प्रतिनिधि हो । मध्यमवर्गको

मानिस भएकाले आधारभूत वर्गको हितमा काम गर्दैन भन्ने आशंकाको अवस्था

थियो । अहिले ठीक उल्टो भएको छ । हिजो उहाँको भनिएको ‘मिडल

क्लास’ आज आशंकित भएको छ र आधारभूत वर्ग उहाँप्रति आकर्षित भएको छ

। बाबुरामले वर्ग छाडिसक्यो । अर्कै भइसक्यो । अर्कै वर्गका लागि काम गर्छ

भन्ने आरोपित गर्न खोजिएको थियो । उहाँको अहिलेको स्टेपले

त्यसलाई चिरेको छ ।

 

बाबुरामले कि नयाँ घर बनाउँछु कि जंगलम%B

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण