गृहपृष्ठ » मुख्य समाचार, समचारदुई वटा नाकाबाट ५९ वटा मालबाहक गाडी नेपाल भित्रिए

दुई वटा नाकाबाट ५९ वटा मालबाहक गाडी नेपाल भित्रिए

October 3, 2015१३० पटक

काठमाडौं, असोज १६ – नेपाल र भारतका दुईवटा नाकाबाट शनिबार ५९ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । अरु नाकामा कडाइ गरेको भारतले रुपन्देहीको बेलहिया नाकाबाट भने नेपाल आउने सामानको जाँचपास केही खुकुलो बनाएको छ ।

बिहान ६ बजेदेखि साढे ११ बजेसम्म बेलहिया नाकाबाट ५५ वटा गाडी नेपाल आएकोमा इन्धन बोकेका ५ वटा मात्र छन् । बेलहिया भन्सारका प्रमुख लावण्य ढकालका अनुसार अहिलेसम्म ग्यास बुलेट २ वटा, डिजेल बोकेका ५ वटा ट्याङकर छन् भने बाँकीमा छिट्टै बिग्रिने खालका सामान छन् ।

यस्तै नेपालगञ्जको जमुनाह नाकाबाट अहिलेसम्म जम्मा ४ वटा गाडी नेपाल भित्रिएका छन् । अघिल्लो दिन केही खुकुलो भएको यो नाकामा शनिबार प्रदर्शनकारीले धर्ना दिएपछि सामान आयातमा समस्या भएको छ । अरु नाकाबाट भने शनिबार पनि एउटा पनि गाडी भित्रिएका छैनन् । सबै नाकामा सामान लोड गरेका गाडी रोकिएका छन् ।

भारतको अघोषित नाकाबन्दी र तराईका विभिन्न जिल्लामा आन्दोलनरत पक्षको धर्नाका कारण सीमा नाकाबाट सामान आयात प्रभावित भएको हो । विराटनगर नाकामा प्रभावकारी पहल नभएका कारण सामान आयातमा समस्या भएको भन्सार कार्यालयले जनाएको छ ।

भारतबाट इन्धन आयात प्रभावित भएपछि देशभरको जनजीवन प्रभावित भएको छ । इन्धन अभाव भएपछि काठमाडौं उपत्यकामा कम गाडी चलेका छन् । धेरै ठाउँमा खाना पकाउने एलपी ग्यास अभाव हुन थालेको छ ।

एक महिनादेखि कम आयात भएपछि विभिन्न ठाउँमा ग्यासको कालोबजारी पनि भएको गुनासा आएका छन् । सरकारले कालोबजारी गर्नेलाई कारबाही गर्ने भन्दै कालोबजारी गरेको पाइए तत्काल जानकारी गराउन सबैलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण