गृहपृष्ठ » मुख्य समाचार, समचारसहज रुपमा इन्धन पठाउन आग्रह गर्दै आइओसीलाई निगमको पत्र

सहज रुपमा इन्धन पठाउन आग्रह गर्दै आइओसीलाई निगमको पत्र

October 3, 2015१३७ पटक

 

काठमाडौं, असोज १६ – नेपाल आयल निगमले सहज रुपमा इन्धन पठाउन आग्रह गर्दै इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई पत्र पठाएको छ ।

नियमित कार्यतालिका अनुसार नै आइओसीलाई पत्र पठाइएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले सहज रुपमा इन्धन आपूर्ति गराउन आइओसीलाई आग्रह गरेको छ ।

जवाफमा आइओसीले पनि सघाउन तयार भएको जनाएको छ । तर भारत सरकारले अघोषित रुपमा नाकाबन्दी गरेर असोज ६ गते दिउँसोदेखि इन्धन आपुर्तिमा कडाइ गरेको छ ।

आइओसीका प्रतिनिधिसँग छलफल गर्दा कुनै समस्या नभएको बताउने तर इन्धन लिन पुगेका ट्याङ्करलाई लोड नगरिदिँदा समस्या भएको प्रवक्ता बरालको भनाई छ । यसअघि दैनिक कम्तिमा पनि साढे  ३ सय गाडीमा इन्धन नेपालमा भित्रने गरेपनि अहिले थोरै मात्र भित्रने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण