गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

October 4, 2015२१७ पटक

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले भोली (सोमबार) बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन्। रुपान्तरित संसदमा प्रतिनिधित्व गर्ने ३१ दलका शीर्ष नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन्।

राष्ट्रपति रामबरण यादवले शुक्रबार सहमतिय सरकार गठन गर्न सात दिनको समय दिए पछि प्रधानमन्त्रीले नयाँ सरकार गठनको विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दहालसँगको छलफल पछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्।

‘सहमतिको सरकार गठनको विषयमा प्रधानमन्त्रीले भोली सर्वदलीय बैठक बोलाउनु भएको छ’, कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘छलफल पछि पार्टीले सरकार निर्माणको विषयमा आवस्यक निर्णय लिनेछ।’

आज विहान सरकार निर्माणकै विषयमा कांग्रेस पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक बसेको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण