गृहपृष्ठ » मुख्य समाचार, राजनीतिबाबुराम भट्टराईलाई थरुहटको बिरोध सभामा सहभागी हुन नदिइने

बाबुराम भट्टराईलाई थरुहटको बिरोध सभामा सहभागी हुन नदिइने

October 4, 2015२२१ पटक

धनगढी–थरुहट/थारुवान संयुक्त संघर्ष समितिको असोज २० गते धनगढीमा हुने बिरोधसभामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी हुन नदिने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले विरोधसभामा भट्टराई सहभागी भए भयाभह अवस्था सृजना हुनसक्ने र अर्को हिसांत्मक घटना घट्न सक्ने सुरक्षा आकलन गर्दै कैलाली जिल्ला सुरक्षा समितिको बैठकले भट्टराईलाई उक्त कार्यक्रममा नआउन दिने निर्णय गरेको हो । भट्टराईलाई असोज २० गतेको थरुहटको विरोधसभामासहभागी नहुन र नआउन गृहमन्त्रालय मार्फत आग्रह गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिए।

जिल्ला तहबाट प्रमुख जिल्ला अधिकारीले भट्टराईलाई जिल्लाको अवस्था चुनौतिपूर्ण र असहज रहेको जनाउँदै कार्यक्रममा नआउन आग्रह गरिसकेका छन्। गृहमन्त्रालयमार्फत पनि आग्रह गर्न लिखित निर्णय गरिएको प्रजिअ चापागाईले जनाए।

कैलालीमा अझै समाजिक मेलमिलाप र सद्भाव कायम भइ नसकेको तथा सुरक्षा चुनौति कायमै रहेको अवस्थामा असौज २० गते भट्टराई सहभागी भए भयाभह अवस्था हुने र हिसांत्मक घटना घट्न सक्ने भएकाले कार्यक्रममा सहभागी नहुन गृहमन्त्रालयमार्फत पहल गर्ने लिखित निर्णय बैठकले गरेको हो।

‘मैले जिल्लाको असहज र सुरक्षा चुनौति रहेको अवस्थाको भट्टराईलाई जानकारी गराइसकेको छु,’ प्रजिअ चापगाईंले भने । जवाफमा भट्टराईले त्यस्तो अवस्था छ र मात्र भनेको उनले बताए ।

टीकापुरमा साउन २८ गते राजेन्द्र महतो,अमरेश सिंह र उपेन्द्र यादवको उत्तेजित भाषणले भदौ ७ को घटना घटेको र भट्टराई सहभागी भए पुन अर्को हिंसात्मक घटना घट्ने सुरक्षा विष्लेषण रहेकाले यो निर्णय गर्नु परेको प्रजिअ चपागाईंले स्पष्ट पारेका छन्।

अखण्ड सुदुरपश्चिम पक्षधर र थरुहटपक्षधरबीचको तिक्तता कायमै रहेको अवस्था बिरोध सभामा सहभागी हुँदा पुन हिंसा भड्किने सुरक्षा आकँलन गरिएको प्रहरी उपक्षिक राजेन्द्र बिष्टले बताए। ‘सिडिओ सापले फोन गरेर जिल्लाको अवस्था उल्लेख गरेर नआउन आग्रह गरिसक्नु भएको छ। गृह मन्त्रालयमार्फत पनि आग्रह गर्न निर्णय गरेर पठाएका छौं,’ बिष्टले भने ।

असौज २० गते धनगढी हुने थरुहट थारुवानको बिरोध सभा भट्टराई आउने कार्यक्रम रहेको जानकारी पाएपछि भट्टराईलाई नआउन भन्दै सुरक्षा निकायले पहल थालेको थियो। धनगढीमा भदौ ८ देखि कुनैपनि कार्यक्रम गर्न नदिन निशेधाज्ञा जारी गरिँदै आएको छ।

आग्रह गरेरै भट्टराई कार्यक्रममा सहभागी नहुन आग्रह गर्ने र नमानेमा कार्यक्रममा सहभागी हुन रोक्न अर्को कदम चाल्ने मनिस्थितिमा सुरक्षा निकाय पुगेको स्रोतल जनाएको छ। ‘समाजिक सद्भाव बिथोलिन नदिन र जिउधनको सुरक्षाका लागि कानुनले दिएको अधिकार प्रयोग गरी कडा निर्णय गर्न बाध्य हुने छौं,’प्रजिअ चापागाईंले भने।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण