गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारमधेसी मोर्चासँगको वार्ता आजलाई सकियो, भोलि फेरि बस्ने

मधेसी मोर्चासँगको वार्ता आजलाई सकियो, भोलि फेरि बस्ने

October 6, 2015१९७ पटक

काठमाडौं, असोज १९– सरकारी वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच औपचारिक वार्ता सुरु भएको छ । मंगलबार सिंहदरबारमा दुईपक्षबीच भएको वार्ता एकअर्काको कुरा सुनेर सकिएको छ । बुधबार फेरि वार्तामा बस्ने दुवै पक्षले बताएका छन् ।

‘राजनीतिक एजेण्डामा प्रवेश गर्नको लागि वातावरण बनाउने प्रयास भयो’ वार्तापछि मोर्चाका लक्ष्मणलाल कर्णले भन्नुभयो । सरकारले आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने, दंगाग्रस्त क्षेत्र र सेना परिचालन फिर्ता गर्ने लगायतका प्रतिबद्धता पूरा नभएको भन्दै मोर्चाले ध्यानाकर्षण गराएको थियो । सरकारी वार्ता टोलीले यसको पूर्ण कार्यान्वयन हुने प्रतिबद्धता जनाएको छ ।

यसैबीच मोर्चाले आफुहरुको माग पूरा नहुँदासम्म नाकाबन्दी नखुल्ने बताएको छ । सरकारसँग वार्तापछि पत्रकारसँग कुरा गर्दै मोर्चाका नेता कर्णले जुनदिन आफुहरुको माग पूरा हुन्छ, त्यही दिनदेखि नाकाबन्दी खुल्ने प्रतिक्रिया दिनुभयो ।

मोर्चाले संघीय प्रदेशको सीमांकन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका माग गरेको छ । संविधानको विषयलाई लिएर मोर्चाले झण्डै दुई महिनादेखि तराईमा आन्दोलन गर्र्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण