गृहपृष्ठ » मुख्य समाचार, समचारग्रामिण नमुना कृषकका लागि क्षमता अभिवृद्धि तालिम शुरु

ग्रामिण नमुना कृषकका लागि क्षमता अभिवृद्धि तालिम शुरु

October 6, 2015१२८ पटक

घनश्याम पौडेल
अर्घाखाँची १९, असोज
वर्षै भरी हरिया र पहेला रङ्गका तरकारी र फलफुल उव्जाउ आफु खाउ र वच्चालाई पनि खुवाउ भन्ने उद्देश्यले घरायसी खाद्यान्य उत्पादन कार्यक्रम ग्रामिण नमुना कृषकका लागि क्षमता अभिवृद्धि तालिम अर्घाखाँचीको सन्धिखर्कमा आज देखि शुरु भएको छ ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका वुद्धिराम भटराईको अध्यक्षता जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामनारायण मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा लुम्विनी सामाजिका विकास केन्द्रका प्रशासन तथा लेखा अधिकृत विश्ववन्धु घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन सरसफाई अधिकृत सिर्जना पन्थिले गर्नु भएको थियो ।
अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्विनी सामाजिक विकास केन्द्रले सहजीकरण गरी रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण