गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, राजनीति, समचारइन्धन किन्न सरकारद्वारा ग्लोबल टेण्डर आहृवान

इन्धन किन्न सरकारद्वारा ग्लोबल टेण्डर आहृवान

October 8, 2015२९५ पटक

Nepal-Oil

२१ असोज, काठमाडौं । सरकारले इन्धन निर्यातमा इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै ग्लोबर टेन्डर आहृवान गरेको छ ।

भारतले अघोषित नाकाबन्दी नहटाएपछि सरकारले यो कदम चालेको हो । नेपाल आयल नियमले इन्धन पैठारीका लागि टेन्डर आहृवान गरेको छ ।

देशी तथा विदेशी सप्लायर्सहरुले टेण्डर लिन सक्नेछन् । सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको छ ।

हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा इन्धन ल्याउनु पर्ने सरकारी सर्त छ । सरकारले तीन दिनभित्र टेण्डर भर्न आहृवान गरेको छ ।

निगमले जारी गरेको सार्वजनिक सूचना NOC-Notice

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण