गृहपृष्ठ » खेलकुद, मुख्य समाचारनेपाल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनी फुटबल क्लब बीच प्रतिस्पर्धा हुने

नेपाल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनी फुटबल क्लब बीच प्रतिस्पर्धा हुने

October 8, 2015३२२ पटक

२१ असोज ।।
राष्ट्रिय लिग फुटबलमा आज नेपाल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनी फुटबल क्लब बीच प्रतिस्पर्धा हुने छ । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने छ ।
हिजो भएको खेलमा मनाङ–मर्स्याङ्दी क्लब दोस्रो स्थानमा उक्लिएको छ । मनाङले झापा–११ माथि ३–२ को रोमान्चक जित हासिल गर्दै २५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो । यो जितसँगै २५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको मनाङको उपाधि दावेदारी बलियो भएको छ । हारपछि १४ खेलबाट २४ अंकमा रहेको झापा चौथो स्थानमा झरेको छ ।
शीर्ष स्थानको थ्रीस्टारको १३ खेलबाट २६ अंक रहँदा तेस्रो स्थानको त्रिभुवन आर्मीको १३ खेलबाट २४ अंक छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण