गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचाररुसद्धारा सिरियामा पुनः रकेट आक्रमण

रुसद्धारा सिरियामा पुनः रकेट आक्रमण

October 8, 2015२२६ पटक

२१ असोज ।।
रुसले सिरियामा पुनः रकेट आक्रमण गरेको छ । आइएस केन्द्रहरुलाई लक्षित गरी क्यास्पियनसागरमा रहेका आफ्ना युद्धपोतबाट रकेट आक्रमण गरेको छ ।
रुसी रक्षा मन्त्री सर्गेई सोइगुका अनुसार चार युद्धपोतबाट ११ केन्द्र ध्वस्त गर्न २६ मिसाइल प्रहार गरिएको हो । १५ सय किलोमिटर टाढाका केन्द्रमा सेनाले गरेको आक्रमणको राष्ट्रपति भ्लादिमीर पुटिनले प्रशंसा गरेका छन् ।
पश्चिमा मुलुकले रुसी आक्रमण आइएस केन्द्रमा भन्दा सिरियाली राष्ट्रपतिका विरोधीहरु रहने गैर लडाकू क्षेत्रमा गरिएको भन्दै आलोचना गरेका छन्,भने रुसले यस आरोप अस्विकार गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण