गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारविश्व दृष्टि दिवस, बिबिध कार्यक्रम गरी मनाईदै ।

विश्व दृष्टि दिवस, बिबिध कार्यक्रम गरी मनाईदै ।

October 8, 2015२२६ पटक

२१ असोज ।।
आज अक्टोबर महिनाको दोस्रो बिहीबार, विश्व दृष्टि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सबैका लागि आँखा स्वास्थ्य भन्ने नाराका साथमा दिवस मनाइदै छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओ र अन्धोपन निवारणका कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी आइएपिबीको आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ ।
डब्लुएचओ र आइएपिबीले सन् १९९९ को फेब्रुअरीमा संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न भिजन ट्वेन्टी–ट्वेन्टीः राइट टु साइट कार्यक्रम घोषणा गरेका थिए ।
सरकारले सन् १९९९ नोभेम्बरमा भिजन ट्वेन्टी–ट्वेन्टी कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागु गरेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा दुई लाख २० हजार भन्दा धेरै जनामा कुनै न कुनै प्रकारको अन्धोपना रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण