काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
२१ असोज ।।
नयाँ सरकारमा आफ्नो भुमीका के बनाउने भन्ने बारेमा निर्णय गर्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नयाँ सरकारको नेतृत्व आफैले दावी गर्ने की एमालेलाई नेतृत्वगर्न दिने भन्ने बारेमा छलफल केन्द्रीत हुने नेताहरुले जानकारी दिएका छन ।
साथै एमालेको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा सरकारमा जाने की प्रतिपक्षमा जाने भन्ने बारेमा पनि बैठकले निर्णय लिने काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिनुभयो ।
काँग्रेसमा अवको सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्नु पर्ने, एमालेलाई नेतृत्व दिएर सरकारमा सहभागी हुने पर्ने र प्रतिपक्षमा बस्नु पर्ने गरी तिन धारमा नेताहरु विभाजित भएका छन् ।
अधिकाँश नेताहरुले भने संविधान बनाउदा एक जुट भएका प्रमुख तिन दल संविधान कार्यान्वयन गर्दा पनि विभिाजत हुनु हुदैन, विगतमा बाचा गरेको हो भने बाचा तोड्नु हुदैन र काँग्रेसकै नेतृत्व हुने संभावना छ भने त्यसलाई पनि रोक्नु हुदैन भन्ने पक्षमा रहेका छन ।
धेरैजसो केन्द्रीय सदस्यहरु जसरी भएपनि तिन दलिय गठनबन्धन तोडीनु हुदैन भन्नेमा रहेको नेता भण्डारीले बताउनु भयो ।
अर्का नेता डा. शेखर कोईरालाले भने पार्टीलाई बलियो बनाउन काँग्रेस प्रतिपक्षमा बस्नु पर्ने तर्क गर्नु हुन्छ । उहाँले संविधान कार्यान्वयनलाई पुर्ण सहयोग गर्दै काँग्रेस अव संगठन निर्माण तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।
साथै बैठकमा बरिष्ठ नेता शेरवहादुर देउवा पक्षका नेताहरुले संसदीय दलको नेताको निर्वाचनको माग गर्ने तयारी पनि गरेका छन् ।
यसअघिको हिजोको बैठकले पार्टीको १३ औं महाधिवेशन आगामी फागुन २० गतेदेखि २३ गतेसम्ममा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।