फेवातालमा डुंगा चालक वेपत्ता
पोखरा, असोज २१ – पोखराको फेवातालमा एक डुंगा चालक डुबेर वेपत्ता भएका छन् । पर्यटकलाई डुंगामा ताल घुमाइरहेका निशान लामा डुंगाबाट खसेर डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । पर्यटकहरु भने सकुशल छन् ।
तालबाराही मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा लामा एक्कासी खसेको प्रत्यक्षदर्शीले बताएका छन् । फेवातालमा डुबेका लामाको प्रहरीले खोजी र उद्धारकार्य जारी राखेको छ । खोजीका लागि वैदाम प्रहरी चौकीबाट टोली खटिएको छ ।