गृहपृष्ठ » मुख्य समाचार, राजनीतिदेशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुँदैन : एमाले नेता नेपाल

देशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुँदैन : एमाले नेता नेपाल

October 8, 2015१५६ पटक

ठमाडौं, असोज २१ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुन नसक्ने बताउनुभएको छ ।

पूर्वसांसद क्लब नेपालले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले राष्ट्रियता, स्वाधीनता र अखण्डताको पक्षमा एकाकार भएर अहिले देखिएको चुनौतीलाई सामना गर्न कम्तीमा पनि अर्को निर्वाचनसम्म प्रमुख दलबीच एकता र सहमति कायम रहनुपर्ने बताउनुभयो ।

‘सरकारले जनताको चासो र राष्ट्रको हितलाई ध्यान दिएर सन्तुलित ढङ्गले अघि बढनुपर्छ’  नेता नेपालले भन्नुभयो ‘भारतले पनि हाम्रो आन्तरिक मामिलामा यसो गर, उसो गर भनेर निर्देशन गर्ने होइन ।’

संविधान र संघीय प्रदेश कस्तो बनाउने भन्ने नितान्त नेपाली नागरिकको सरोकारको विषय हो भन्दै उहाँले नेपालले सधैंभरि आफ्ना छिमेकीसँग मित्रभाव राख्न चाहेको बताउनुभयो ।

‘अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि जादुमय तरिकाले सम्बन्ध सुमधुर बन्न पुगेको थियो’ उहाँले भन्नुभयो ‘तर अहिले क्षणभरमै त्यो सम्बन्ध कमजोर हुन पुगेको छ ।’

संविधानसभाबाट संविधान जारी गर्ने काम धेरै गाह्रो, चुनौती र अप्ठेरो भए पनि नेपालले एउटा इतिहास रचेको बताउँदै उहाँले भन्नुभयो ‘अत्यन्तै धेरै ठूलो समर्थनमा संविधान पारित भएको छ । संविधानका विषयमा विरोध, आपत्ति र असहमति हुन सक्दछ । त्यसलाई गम्भीरतापूर्वक लिन जरुरी छैन । संविधानका विषयमा गलत सूचना प्रवाह भएकाले सबै मिलेर त्यसलाई चिर्न सक्नुपर्दछ ।’

कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले संविधानमा नसमेटिएका विषयवस्तुलाई संशोधनमार्फत पूर्णता दिइनुपर्ने बताउनुभयो । नेपाल दक्षिण एसियाकै पुरानो मुलुक भएकाले संविधान निर्माणका क्रममा भारत, अमेरिका र दक्षिण अफ्रिकालगायत देशका अनुभवलाई आधार मानिएको पनि उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण