गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार​परराष्ट्र र कुटनीतिक नियोगका कर्मचारीबाट २२ करोड असुल गर्न अख्तियारको निर्देशन

​परराष्ट्र र कुटनीतिक नियोगका कर्मचारीबाट २२ करोड असुल गर्न अख्तियारको निर्देशन

October 8, 2015१९८ पटक

काठमाडौं, असोज २१ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न देशका दुतावासमा कार्यरत नेपाली कर्मचारीले तिर्न बाँकी करोडौं रुपैयाँ असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले गरेको अनुसन्धानमा विभिन्न देशका ३१ वटा दुतावास र महावाणिज्य दुतावासका कर्मचारीले करोडौं रुपैया बेरुजु तिर्न बाँकी रहेको भेटिएपछि तत्काल असुल गर्न र त्यसको जानकारी गराउन निर्देशन दिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिनुभयो । विदेशस्थित कुटनीतिक नियोगमा कार्यरत पदाधिकारी तथा कर्मचारीले परिवारका सदस्यलाई साथै नलगेपनि सँगै लगेको र खर्च लागेको भनेर भत्ता लिएको पाइएको उहाँले बताउनुभयो ।

३ बर्षको फाइल अनुसन्धान गर्दा ती निकायका कर्मचारीले झण्डै २२ करोड रुपैयाँ कर्मचारीले तिर्न बाँकी रहेको भेटिएको उहाँले बताउनुभयो । अहिलेसम्मको सवै हिसाव हेर्ने हो भने यो रकम अरबौ हुनसक्ने अनुमान गरिएको छ । महालेखा परिक्षककको कार्यालयले पनि पटकपटक बेरुजु रकम उठाउनेबारे सरकारलाई निर्देशन दिएपनि यो अझै कार्यान्वयन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण